― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

प्रतीक्षित फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्। यसअघिको सुपरहिट फिल्म ‘जारी’ को दोस्रो श्रृंखला भएकाले पनि यो फिल्म दर्शकमाझ प्रतीक्षित मानिएको छ। 

सोमबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा जानकारी दिएको छ। ट्रेलर दयाहाङ र मिरूना वरिपरी घुमेको छ। नाम्साङ र उनकी पत्नी हाङमाको विवाहित जीवनको नयाँ अध्यायलाई फिल्मले चित्रण गर्नेछ। छोरीको जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई ‘जारी २’ ले कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलर रोमाञ्चक, मर्मस्पर्शी र कौतुहलतापूर्ण लाग्छ। ‘जारी २’ ले नेपाली दर्शकलाई लिम्बू समुदायको समृद्ध संस्कृति र परम्परासँग जोड्दै एक सशक्त प्रेमकथा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

Laxmi bank
Laxmi bank

दयाहाङ र मिरूनाका साथमा फिल्ममा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरूङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा रेखा लिम्बु, सृजना निङ्लेख लगायत कलाकारहरूको अभिनय छ।

बाँसुरी फिल्मस्को प्रस्तुति रहेको ‘जारी २’ को निर्माता रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङ हुन्। फिल्म यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउनेछ।





Read More