― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

अमेरिकाका विभिन्न सहरमा आयोजित ‘अब सुन्छ अमेरिका’ सांगीतिक कार्यक्रमबाट फर्किएसँगै गायिका एलिना चौहानले आयोजकबाट आफूलाई नोकरझैँ व्यवहार गरिएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, ‘कसैले कैदी झैँ महसुस गऱ्यो। कसैले अपमान सहनुपऱ्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।’

उक्त सांगीतिक भ्रमण आफ्नो लागि ठूलो सिकाइ बनेको उल्लेख गर्दै एलिनाले कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्ने बताएकी छन्। उनले अगाडि लेखिन्, ‘नराम्रा अनुभवले धेरै कुरा सिकायो। अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा भएको ‘अब सुन्छ अमेरिका’ मा एलिनासहित बद्री पंगेनी र प्रताप दासले प्रस्तुति दिएका थिए। तीज नलाग्दै सुरू भएको कार्यक्रम दसैं-तिहारपछि मात्र सकिएको थियो।

Laxmi bank
Laxmi bank

आयोजकको भनाइ: कार्यक्रम सफलतापूर्वक सम्पन्न

यता, कार्यक्रमका आयोजक फ्लाइ नेपाले परिकल्पना गरेजस्तै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएको छ। कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले फ्लाइ नेपाको आधिकारिक पेजमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘आफूले कलाकारसँग गरेका शर्त तथा बाचाबमोजिमका सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु।’

एलिनाको स्टाटसपछि भने आयोजकको धारणा आएको छैन।





Read More