― Advertisement ―

भल्भको स्टीम डेक OLED अमेरिकामा स्टक बाहिर छ, र मलाई लाग्छ कि हामी किन अनुमान गर्न सक्छौं

भल्भको स्टीम डेक OLED मोडेलहरू अमेरिकामा स्टक बाहिर छन्, र RAM संकट फेरि जिम्मेवार हुन सक्छ। थप पढ्नुहोस्
Homeमनोरन्जन: सुशील नेपाल :: KhabarHost : सुशील नेपाल :: KhabarHost

: सुशील नेपाल :: KhabarHost : सुशील नेपाल :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

अघिल्लो शुक्रबार सिनेमा ‘परान’ रिलिज हुँदा देशमा झरी परिरहेको थियो। न्यून ६४ शोबाट सिनेमाले प्रदर्शन थालेको थियो। पाएका शोमा पनि दर्शक अकुपेन्सी सुखद् थिएन।

दोस्रो दिन शो संख्या फेरि घट्यो। सुरूआती दिनदेखि नै दर्शक नआउँदा निर्देशक दीपकप्रसाद आचार्य (काकु) को मनमा निराशाका बादल मडारिनु स्वाभाविक थियो। पहिलो निर्देशनको यो परीक्षामा उनले सामाजिक सञ्जालमा आफ्ना भावना पोख्दै लेखेका थिए, ‘सबैले भने वाह! तँसँग हिरा छ। होला त नि भनेर मख्ख परेको, हिरा नै पानीले बगाउला जस्तो छ!’ 

यो केवल उनको अभिव्यक्ति मात्रै थिएन, वर्षौंको नाटक, म्युजिक भिडिओ र टेलिभिजन सिरियलको अनुभवलाई सिनेमाको क्यानभासमा उतार्ने पहिलो प्रयासमा लगानी र मेहनत खेर जाने हो कि! भन्ने चिन्ताको प्रतिविम्ब थियो।

भनिन्छ नि, भाग्यको चक्र कहिलेकाहीँ अप्रत्याशित ढंगले घुम्छ।

‘परान’ जतिले हेरे, यसलाई मनदेखि आत्मसाथ गरे। फिल्मले सकारात्मक प्रतिक्रिया पाउँदै गयो। क्रमशः सिनेमा हेरेर दर्शक भावुक बनेका, आँसु खसालेका, भक्कानिएका समेत भिडिओहरू सामाजिक सञ्जालमा बढ्न थाले।

सिनेमा हेरेकाहरूले खुलेर तारिफ गर्दै पोस्ट गर्ने क्रम बढ्यो। दर्शकको त्यही बलियो ‘वर्ड अफ माउथ’ को साथले सिनेमाले क्रमशः गति लिन थाल्यो।

सुरूको तीन दिन अपेक्षित दर्शक नपाएको सिनेमामा सोमबारदेखि दर्शक बढ्न थाले। क्रमशः सिनेमा हलहरूले शो थप्दै गए। बुधबारसम्म आउँदा शो संख्या १३२ पुग्यो। ‘परान’ ले शनिबार रिलिजको ९ औं दिनमा १ सय ६० भन्दा बढी शो पाएको छ। 

Laxmi bank
Laxmi bank

शनिबार बेलुकासम्मका शोमा बुकिङ राताम्मे देखिन्छ। यो  माहोलमा दीपक आचार्यले पुनः फेसबुकमा खुसी साट्दै लेखे, ‘सिनेमा हेर्न टिकट नपाउनुभएका दर्शकहरूप्रति माफी चाहन्छौं। दर्शकलाई भगवान त्यसै भनिएको होइन।’ 

अहिले दर्शक भेट्न हलहलमा दौडधुप गरिरहेका दीपकका लागि यो सफलता शब्दमा व्यक्त गर्न नसकिने अनुभव थियो।

नेपालगञ्ज पुगेका उनले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा भने, ‘काम गरिरहँदा र प्रिमियरमा पाएको प्रतिक्रियाले सिनेमा चल्छ भन्ने त लागेको थियो। सिनेमाको कन्टेन्टमा पूर्ण विश्वास थियो। रूचाउनुहुन्छ भन्ने थियो। एक समयमा फिल्म उठ्छ भन्ने थियो। तर, दर्शक नआउँदा र शनिबारकै लागि शो ह्वात्तै घट्दा दर्शकसम्म नपुगी उत्रिएला कि! भन्ने चिन्ता पनि थियो।’

उनी बलियो ‘वर्ड अफ माउथ’ का साथले सिनेमाले राम्रो गरिरहेको बताउँछन्। 

‘परान’ बुबा र छोराको भावनात्मक सम्बन्धको कथा हो। अहिलेको नेपाली समाजको परिवेश र घरघरको कथा भएकाले दर्शकले महसुस गरेकोे दीपकको बुझाइ छ। 

दीपकका अनुसार यो उनको आफ्नै घरबाट उत्पत्ति भएको कथा हो।

‘यो कथाको उत्पत्ति घरबाट भएको हो। यो मेरो बुवाले भोग्नुभएको कथा हो। मैले भोगेको, मेरो परिवारले भोगेको, बुवाको प्रस्पेक्टिभबाट भनिएको कथा हो,’ उनले भने, ‘स्वभावैले सन्तान बाबुआमालाई एकदमै सुख दिन खोजिरहेका हुन्छन्। तर कताकता खुसी बुझ्न सकिरहेका छैनन्। खुसी र सुखको अन्तर के हो बुझ्न नसक्दाको घटनाक्रमको कथा हो।’ 

यो उनलाई धेरै पहिलेदेखि भन्न मन लागेको कथा थियो। अगाडि भन्छन्, ‘काम गर्दा चुनौतीहरू थिए। त्यसरी काम गर्न एकदमै मज्जा हो। तर सबभन्दा खुसी र सन्तुष्टिको कुरा के हो भने यो मलाई धेरै समय अगाडिदेखि भन्न मन लागेको, मनमा गुम्सिरहेको कथा थियो।’ 

दीपकलाई दर्शकले चिन्ने खास परिचय भने टेलिसिरियल कलाकार ‘काकु’ पात्रको रूपमा छ। यद्यपि, उनको कला क्षेत्रमा लामो र संघर्षपूर्ण अनुभव छ। 

धनकुटाबाट उनी आमालाई ‘टिभीमा आउँछु’ भन्दै कलाकार बन्ने सपना बोकेर काठमाडौं आएका थिए। उनीसँग दृढ इच्छाशक्ति मात्र थियो, स्पष्ट योजना थिएन। 

काठमाडौंमा पेट पाल्नका लागि गर्ने संघर्ष एकातर्फ थियो, कलाकार बन्ने संघर्ष अर्कोतर्फ। त्यसबेला सन्तोष पन्तको ‘हिजो आजका कुरा’ को क्रेज उत्कर्षमा थियो। पटक पटक सन्तोष पन्तको घर धाउँदा उनले फाट्टफुट्ट सिरियलमा देखिने अवसर पाउन थाले। 

त्यसपछि उनले स्वर्गीय बिएस राणा निर्देशित मेघा सिरियल ‘जंगबहादुर’ मा काम गरे। केही समयपछि सिरियल कोल्याप्स भयो।

नेपाल टेलिभिजनमा समय किनेर ‘सिनेमा संगीत’ कार्यक्रम चलाउन थाले। तर, स्पोन्सरले धोका दिएपछि उनी घाटामा जान थाले। तिर्नुपर्ने रकम बढ्दै गएपछि उनी कार्यक्रम चलाउन छाडेर रोजगारीका लागि दुबई हानिए। पाँच वर्षको प्रवासी जीवन बिताएर ऋण चुक्ता गरे। तर, कलाकार बन्ने भित्री हुटहुटीले उनलाई फेरि स्वदेश फर्कायो।  

केदार घिमिरे (माग्ने बुढा) सँगको पहिल्यैदेखिको चिनजानले उनलाई  ‘मेरी बास्सै’ मा जोड्यो। यसपछि फेरि केदारसँग मिलेर ‘खासखुस’ सिरियलमा जोडिए। केदार निर्देशन गर्थे। दीपक स्क्रिप्ट राइटर, एपिसोड निर्देशकसँगै अभिनय गर्ने। दीपकको सिनेमा निर्देशन पहिलो अनुभव भए पनि उनले निर्माता बनेर एक दशकअघि सिनेमा बनाएका थिए। उनी निर्माता रहेको सिनेमा ‘श्री ५ अम्मरे’ ले बक्स अफिसमा जादू चलाउन सकेन। 

दीपकले सीताराम कट्टेलसँग पनि ‘मेरी बास्सै’ मा सहकार्य गरे। केही समयपछि धुर्मुस-सुन्तली सिरियल छाडेर सामाजिक काममा लागे। 

अर्जुन घिमिरे (पाँडे) र कुमार  कट्टेल (जिग्री) ले त्यसबेला भद्रगोल सिरियल ल्याइरहेका थिए। उनीहरूले सिनेमा बनाउने तयारीका साथ स्क्रिप्ट लेखनका लागि दीपक आचार्यलाई पनि बोलाए। 

सिनेमाको स्क्रिप्ट लेख्न पुगेका दीपक केही महिनापछि भद्रगोलमा अभिनय गर्न थाले। कलाकार रक्षा श्रेष्ठको काका बनेर जब दर्शकमाझ आउन थाले, यहीबाट उनको परिचयले नयाँ आयाम पायो।  

उनी सुनाउँछन्,’यतिबेलासम्म थुप्रै सिरियलमा काम गरे पनि खास्सै नोटिस गर्नुभएको थिएन। सोहीकारण अब सिरियल पुग्यो भन्ने भएको थियो। जब काकु बनेर देखिए, यहाँबाट एकाएक चिनिएँ।’ 

सोही टिमले पछि ‘सक्किगोनि’ सुरू गर्‍यो, दीपकले यसमा निरन्तरता दिए। 

दीपकले ‘सेन्टिभाइरस’ सिनेमामा कुमारसँग मिलेर लेखकको भूमिका निर्वाह गरेका थिए। सिरियलमा पनि उनी एपिसोड निर्देशकका रूपमा समेत थिए। दीपकले यो मायाको सागर, छक्का पञ्जा, आवेग, चुरीफूरी, ज्वाइँ साब लगायतका थुप्रै सिनेमा अभिनय समेत गरेका छन्। 

पहिल्यैदेखि लेखनमा समेत रूचि राख्ने उनले नाटकमा समेत काम गरे। उनी एक समय म्युजिक भिडिओ निर्देशकका रूपमा समेत सक्रिय थिए। ‘चल बतास चल’, ‘मायाको घर त बेनी’, ‘म परेँ झापाली’, ‘एक कान दुई कान मैदान भैदियो’, ‘झुमा हल्का पिरती’, ‘छाती चिरेर’, ‘कहानी एकादेशको’, ‘रिङ्की बुङको राँगोलाई’ जस्ता गीतको भिडिओ दीपककै निर्देशनमा बनेका हुन्।

अहिले सिनेमा निर्देशनमा आउनुको कारणबारे उनी भन्छन्, ‘फिल्म निर्देशन भनेको साँच्चै भन्नुपर्दा स्टोरी टेलरको अन्तिम गन्तव्य हो भन्ने लाग्यो। अहिले त्यसका लागि सही समय आएजस्तो लागेर निर्देशन गरेँ।’

हास्य कलाकार र कमेडी जनराबाट चिनिए पनि दीपकलाई भावनात्मक कथाहरू भन्न मन लाग्छ।

‘हामीले देखिरहेको, हाम्रा समाजका कथाहरू, जुन कथाले समाजलाई थोरै भए पनि योगदान देओस्,’ भविष्यमा पनि समाजका कथालाई प्राथमिकता दिने उद्घोषका गर्दै दीपक भन्छन्, ‘अबको प्रतिस्पर्धा ‘परान’ सँगको हुनेछ। यो चुनौती चाहिँ छ।’

 





Read More