― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsसुपिङ गाउँमा झुलेका किवीका दाना – KhabarHost

सुपिङ गाउँमा झुलेका किवीका दाना – KhabarHost



८ पुस, हेटौंडा । हेटौंडाका सुरज थिङले भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँको घुमाउरो उकालो चढ्न थालेको चार वर्ष भयो ।

बाह्रै महिना चिसो मौसम हुने सुपिङ कृषि कर्मका लागि प्रख्यात छ, जहाँ फलफूलदेखि तरकारी उत्पादनको उच्च सम्भावना छ ।

सुरज सुपिङ गाउँ उक्लिएको पनि कृषि कर्म गर्नलाई नै थियो । त्यसअघि हेटौंडा उपमहानगरपालिकामा ड्रागन फलाएका सुरजले चार वर्षदेखि सुपिङमा किवी खेती गरिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीका सुरजले परम्परागत कृषि पद्धतिमा लुकेको धुलो झार्दै भीमफेदीको हरियालीमा नयाँ सोचको बीउ रोपेका हुन् । त्यो बीउको फल चाख्न चार वर्ष कुर्नु परेको उनले सुनाए ।

सुरजले रोपेको यही बीउ आज ‘भुजेलीय किवी फार्म’ का रूपमा हुर्किएको छ । उनले श्रम, सीप र सम्भावनाबाट कृषि क्षेत्रमै एउटा शान्त क्रान्ति सुरु गर्ने महत्वाकांक्षी अठोट लिएका छन् । सुरजका लागि किवी खेती, खेतीमा मात्रै सीमित थिएन, आँटसँगै सपना पनि थियो ।

दुई जना साथीलाई साथमा लिएर किवी खेती सुरु गरेका सुरज अहिले एक्लै छन् । दुवै साथी केही वर्षअघि नै विदेश हानिए । ‘तीन जना मिलेर किवी खेती सुरु गरेका हौं । दुई जना साथी विदेश गए । अहिले एक्लै किवी खेती गरिरहेको छु,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिड हेर्दा जो कोहीलाई लाग्न सक्छ, नेपाली युवालाई स्वदेशमै स्वरोजगारभन्दा वैदेशिक रोजगारमा लगाव बढी छ । नेपालको व्यापार र बजारको समस्यासँगै राज्यको साँघुरो नीति, व्यवसायको सुरक्षा र जनशक्ति अभाव लगायतका कारण स्वदेशमै स्वरोजगार बन्नेहरूको चाहना विदेश यात्रामा टुंगिएको छ ।

सुरज भने स्वदेशकै माटोमा पैसा फलाउन खोज्दैछन् । ‘मलाई विदेश जाउँ जस्तो कहिल्यै लागेन, यहाँ राम्रो भइरहे अब जान पनि नपरोस भन्छु,’ उनले भने ।

उनको सपना किवी फलाएर बेच्नेमा मात्र सीमित छैन । भविष्यमा उनी यही किवीबाट जाम, वाइन, क्यान्डी र ड्राई फ्रुट्स जस्ता उत्पादनहरू बनाएर ‘मेड इन भीमफेदी’ ब्रान्ड स्थापना गर्ने योजना छ

२०७८ सालमा उनले भीमफेदी गाउँपालिका–५, सुपिङको पाखामा दुई करोडभन्दा बढीको लगानी खन्याए । त्यो लगानी आज ‘किवी खेती’ को नामले ७० रोपनी क्षेत्रफलमा मुस्कुराइरहेको छ । यहाँ करिब १२ सय किवीका बोटहरू लहरै उभिएका छन् । जसले आफ्नो पौरखको कथा भनिरहेको सुरजलाई अनुभूति गराएको छ ।

‘यो यात्रा चार वर्षअघि सुरु भएको हो,’ सुरजले सुनाए, ‘गत वर्षदेखि हाम्रो मिहिनेतले फल दिन थालेको छ ।’ लगानीको विशाल पहाड र चार वर्षको अनवरत मिहिनेतपछि गत वर्ष भुजेलीय किवी फार्मले पहिलो मिठो फल चाख्यो । तीन टन किवी उत्पादन हुँदा करिब ७ लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछन् । यो पहिलो सफलताले उनको उत्साहमा ऊर्जा भरिदिएको छ ।

‘यो वर्ष मौसमले साथ नदिए पनि हामी निराश छैनौं,’ उनी दृढ सुनिए, ‘आउँदो वर्ष १५ देखि २० टन उत्पादन गरेरै छाड्ने लक्ष्य छ ।’ बागमती प्रदेश सरकारको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत किवी खेती गरेका सुरज एक किसान मात्र नभई व्यवसायी पनि हुन् ।

उनले बजारको नाडी छामेर हेवार्ड, एलिसन र ब्रुनो जस्ता स्थापित जातका साथै आधुनिक बजारमा रुचाइने ‘रेड किवी’ र ‘गोल्डेन किवी’ लाई पनि आफ्नो फार्ममा सजाएका छन् ।

‘कृषि कर्म फूलको बगैंचा मात्रै होइन, काँडाको बाटो पनि हो,’ सुरज भन्छन् । उनको यात्रामा पनि चुनौतीहरू नआएका होइनन् । किवी खेतीमा अरू ठूला रोग नलागे पनि पानी जम्दा वा धेरै सिँचाइ हुँदा देखिने ‘रुट रट’ (जरा कुहिने) समस्या सबैभन्दा ठूलो सत्रु बनेको सुरजले बताए ।

‘यो समस्याले कैयौं बोट सुकायो, तर हरेस खाएनौं,’ उनी भन्छन्, ‘प्राविधिकहरूसँगको निरन्तर परामर्श र उपचारबाट यसलाई नियन्त्रणमा लिइरहेका छौं ।’

किवी बजारका लागि सुरज ढुक्क छन् । गुणस्तरमा सम्झौता नगर्ने हो र उत्पादनलाई सही तरिकाले ग्रेडिङ गर्ने हो भने बजारको अभाव नहुने उनको विश्वास छ । उनको बजार रणनीति पनि लोभलाग्दो छ । ‘हामी सिजनको उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गर्छौं र बेमौसममा बजार पठाउँछौं, यसले मूल्य राम्रो पाइन्छ,’ उनी आफ्नो व्यावसायिक योजना सुनाउँछन् ।

उनको सपना किवी फलाएर बेच्नेमा मात्र सीमित छैन । भविष्यमा उनी यही किवीबाट जाम, वाइन, क्यान्डी र ड्राई फ्रुट्स जस्ता उत्पादनहरू बनाएर ‘मेड इन भीमफेदी’ ब्रान्ड स्थापना गर्ने योजना छ । उनले भीमफेदीको माटोमा केवल किवी फलाएका छैनन्, हजारौं युवाका लागि आसा र सम्भावनाको नयाँ ढोका पनि खोलिदिएका छन् ।

‘इच्छा भएका युवालाई पनि हामी सहयोग गर्न तयार छौं,’ उनले भने । अब यो व्यक्तिगत पौरखलाई सामूहिक अभियानमा बदल्नु जरुरी देखिएको उनी बताउँछन् । यस्ता उद्यमलाई संरक्षण र प्रोत्साहन आवश्यक रहेको उनले बताए ।

सुरजले हेटौंडा–१३ मा जग्गा भाडामा लिएर २०६७ सालदेखि नै च्याउ, ड्रागन र मेवाको व्यावसायिक खेती सुरु गरेका थिए । च्याउ खेती बीचमा स्थगित गर्नुपरेको उनले सुनाए । हाल दुई बिघा जग्गामा ड्रागन फल लगाएको उनले बताए । अन्तरबाली अन्तर्गत ड्रागन फल लगाएको जग्गामै मेवा खेती पनि गरिएको छ । जसमा डेढ करोड लगानी भइसकेको सुरज बताउँछन् ।

‘मेवामा राम्रो आम्दानी छ । पाँच वर्ष अमेरिकन ब्युटी जातको ड्रागन फल लगाएका थियौं । त्यसमा धेरै समस्या आएपछि सबै फालेर गत वर्षबाट फेरि नयाँ जातको ड्रागन लगाएका छौं,’ उनले भने, ‘मलेसियन लोकल, साइन रेडको बिरुवा हालेर ड्रागन लगाएका छौं । यसको उत्पादन सुरु भएको छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More