― Advertisement ―

उत्तर कोरियाको लाजरसले धोखाधडी लेनदेन प्रयोग गरेर कोषहरू लुटेपछि केल्प DAO हिस्टमा $ 290M क्रिप्टोको साथ बन्द गर्यो।

LazaryZer Group मा Laazarus explore Kelp DAOआक्रमणकारीहरूले क्रस-चेन लेनदेनहरू प्रमाणित गर्ने सर्भरहरू सम्झौता गरे, नक्कली स्थानान्तरणहरू अनुमोदन गर्न गलत डाटा फिडिङलेयरजीरो र केल्प DAO...
HomeLatest news‘सुपर सब’ आशिषको गोलमा लालिगुराँसको लगातार तेस्रो जित – KhabarHost

‘सुपर सब’ आशिषको गोलमा लालिगुराँसको लगातार तेस्रो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।
  • आशिष गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै लालिगुराँसलाई जित दिलाएका हुन् ।
  • राष्ट्रिय लिगमा लालिगुराँसले लगातार तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

९ माघ, काठमाडौं । आशिष गुरुङले दोस्रो हाफमा मैदान प्रवेश गर्दै इन्जुरी टाइममा गोल गरेपछि  लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा शुक्रबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा कास्कीको लालिगुराँसको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ९ अंक जोडेर लालिगुराँस शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार बेलुका भएको खेलमा लालिगुराँसका लागि आशिषले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।

आशिष गुरुङ ६८औं मिनेटमा विदेशी खेलाडी अब्दुल युसुफ हाउलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जारी राष्ट्रिय लिगमा आशिष सुबर सबको रुपमा छाएका छन् । राष्ट्रिय लिगमा आशिषको यो तेस्रो गोल हो । उनले यसअघि नव जन जागृति युवा क्लब विरुद्ध पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दुई गोल गरेका थिए ।

एन्फा प्रेसिडेन्ट कपको च्याम्पियनको रुपमा राष्ट्रिय लिगमा छनोट भएको लालिगुराँस एसोसिएसनले सुरुवाती तीन खेलमा ए डिभिजनका क्लबहरु जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबलाई हराइसकेको छ ।

ए डिभिजनका नाम चलेका टिमहरु मैदानमा संघर्ष गरिरहेको बेला युवा खेलाडीहरु समावेश बनाएर तयार पारिएको मोफसलको क्लब लालिगुराँसले भने राष्ट्रिय लिगमा राम्रो संकेत देखाएको छ ।

विभागीय टोली पुलिसले भने राष्ट्रिय लिगमा तीन खेल जित्दा जितविहिन छ । पुलिसले अहिलेसम्म दुई खेलमा पराजित हुँदा एक खेल बराबरी गरेको छ । तीन खेलबाट पुलिसको खातामा १ अंक मात्र छ । पुलिस यसअघि प्लानिङ ब्वाइजसँग पराजित भएको थियो भने चित्लाङ एफसीसँग बराबरी खेलेको थियो ।

राष्ट्रिय लिग अन्तर्गत शुक्रबारै श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले आफ्नो पहिलो जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा श्री भगवती क्लबले नव जन जागृति क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने दशरथ रंगशालामै भएको खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको थियो ।

मनाङ मर्स्याङ्दी र बाराको नव जन जागृतिले भने राष्ट्रिय लिगमा खेलेको तीनवटै खेलमा हार व्होरेको छ र अंकविहिन छ ।

तस्बीर : एन्फा





Read More