― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeराष्ट्रिय समाचारसुन खोज्दै थिए सरोज शर्मा, देखाउने भन्दै बोलाएर मामाभान्जाले गरे हत्या

सुन खोज्दै थिए सरोज शर्मा, देखाउने भन्दै बोलाएर मामाभान्जाले गरे हत्या


राष्ट्रिय

समाचार.

  • झापाको शिवसत्ताक्षी नगरपालिका–१० का सरोज शर्मालाई सुन लुट्ने योजना बनाएर सुनील साह र राहुल साहले कात्तिक ९ गते हत्या गरेका छन्।
  • हत्या पछि उनीहरूले शव बिरिङ खोलाको पुल मुनी गाडेर गाडी जलेका थिए र सुनीललाई भारततर्फ भाग्दा प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
  • पक्राउ परेका आरोपीहरूलाई जिल्ला अदालत झापाले ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने स्थानीयले उनीहरूको घर तोडफोड गरेका छन्।

१६ कात्तिक, विराटनगर । काठमाडौं बस्दै आएका झापाको शिवसत्ताक्षी नगरपालिका– १० का सरोज शर्मा दशैं मान्र घर आएकाे बेला सस्तो सुनको खोजीमा थिए ।

एउटै टोलका साथी सुनील साहलाई उनले सुन चाहिएको कुरा सुनाए । आफू थोरै किन्ने र काठमाडौंमा थप किन्ने मान्छे छन् भन्थे । छठपछि उनी काठमाडौं फर्कने तयारीमा थिए ।

उनी काठमाडाैं फर्कनुअघि नै २७ वर्षीय सुनीलले नाताले भान्जा पर्ने छिमेकी २३ वर्षीय राहुल साहसँग मिलेर शर्मासँग भएको पैसा लुट्ने योजना बनाए । पूर्वयाेजना अनुसार आफूसँग भएकाे सुन देखाउन भन्दै कात्तिक ९ गते बेलुका शर्मालाई अर्जुनधारा नगरपालिका– ४ मा रहेको दहीझोडा सामुदायिक वनमा लिएर गए ।

सुन राखिएको स्थान भन्दै जंगलमा माटो खोस्रिए पनि, सुन खाेज्न खोस्रिरहेकै बेला शर्माको टाउकोमा पछाडिबाट हतौडाले प्रहार गरे ।

‘उनीहरूको योजना हतौडा प्रहारबाट बेहाेस बनाएपछि अपहरण गरेर साथमा भएकाे पैसा लुट्ने र परिवारसँग फिरौती माग्ने देखिन्छ, तर हतौडा प्रहार गरेपछि शर्मा पीडाले चिच्चाए,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले भने, ‘चिच्चाएपछि अरूले सुन्ने भन्दै आत्तिएर पटक पटक टाउकाेमा हताैडा प्रहार गरे ।’

जंगलमा शर्माको हत्या हुँदा झमक्क साँझ परिसकेको थियो । आत्तिएका उनीहरूले शर्माको लासलाई सेउलाले छोपे, गाडीपनि जंगलमै छाडेर सुनीलकाे गाडीमा फर्किए । राति एक जना भारतीयलाई लिएर फेरि घटनास्थल पुगे ।

‘भारतीयलाई लिएर गएपछि शव मृतककै गाडीमा राखेर हुलाकी राजमार्गकाे झापा गाउँपालिका खण्डमा पर्ने बिरिङ खोलाको पुल मुनी लगेर गाडेको देखिन्छ,’डिएसपी खड्काले भने,‘अभियुक्तहरूले एक महिनाअघिदेखि शर्मासँग भएकाे पैसा लुट्ने योजना बनाएको देखिन्छ ।’

उनका अनुसार बेहोस बनाएर पैसा लुट्ने र अपहरण गरी भारत पुर्‍याउने याेजना देखिन्छ । तर,हत्या गरेपछि शव बिरिङ खोला पुल मुनी गाडेपछि प्रमाण नष्ट गर्न गाडी पनि जलाएका थिए । गाडी जलाउने क्रममा सुनीलको दुई वटै हात पनि आगोले जलेको छ ।

सुनीललाई भारततर्फ भाग्दै गर्दा विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले पक्राउ गरेको हो । राहुललाई भने घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको । शव व्यवस्थापनमा प्रयोग भएका भारतीय नागरिक भने फरार छन् ।

साथीले सुन हेर्न बोलाएपछि शर्मा कात्तिक ९ गते घरबाट ‘कार धुनु छ’ भन्दै बाहिर हिँडेका थिए । उनी सम्पर्कविहीन भएपछि परिवारका सदस्य भाेलिपल्ट खाेजीका लागि प्रहरी कार्यालय पुगेका थिए ।

अनुसन्धानका क्रममा गत बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माकाे प्रदेश ०१–०३ च ७१९४ नम्बरको उनकाे कार जलेको अवस्थामा भेटिएको थियो ।

गाडी भेटिएकाे २ दिन पछि शनिबार शव फेला परेकाे थियाे । पक्राउ परेकाहरूमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

घटनाकाे मुख्य याेजनाकार सुनील माेटरसाइकल चाेरी र लागूऔषध मुद्दामा यसअघि पनि पक्राउ परेका थिए । करिब १० वर्षअघि एसएलसी परीक्षा चलिरहेका बेला उनी माेटरसाइकल चाेरीकाे मुद्दामा पक्राउ परेका थिए ।

त्यसयता उनी लागूऔषध मुद्दामा पक्राउ परे । झगडालु प्रवृति भएका कारण टाेलका बासिन्दा उनीसँग आजित थिए । घटनापछि आक्रोशित स्थानीयले दुई जना आरोपीको घर तोडफोड गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More