― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsसुनिललाई सम्झिँदै प्रियंकाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ

सुनिललाई सम्झिँदै प्रियंकाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ


राष्ट्रिय

समाचार.

  • अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘मेरी कोम’ का को-स्टार सुनिल थापाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
  • प्रियंकाले इन्स्टाग्राममा सुनिललाई आफ्नो कोच भन्दै माया र साथका लागि धन्यवाद दिएकी छन्।
  • प्रियंकाले लेखेकी छन्, ‘तपाईं सधैँ मेरो कोच भएर रहनुहुनेछ सर’ र परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले आफ्ना ‘मेरी कोम’ को-स्टार सुनिल थापाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छन् । सन् २०१४ मा रिलिज भएको उक्त फिल्मको एक विशेष दृश्यलाई इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले सुनिललाई सम्झिएकी छन् ।

उक्त फिल्ममा सुनिलले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका छन् । चर्चित भारतीय बक्सिङ खेलाडी मेरी कोमको बायोग्राफी उक्त फिल्ममा प्रियंकालाई उपाधिसम्म साथ दिने प्रशिक्षकको रुपमा सुनिल छन् ।

‘तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ सर’ प्रियंकाले लेखेकी छिन्, ‘बुवालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो ।’

प्रियंका लेख्छिन् :

तपाईं सधैँ मेरो कोच भएर रहनुहुनेछ सर । बुबालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो । तपाईंका न्यानो अंगालो र हाँसो सधैँ मेरा सम्झनामा रहनेछन् । अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन । म विचलित भएको समयमा देखाउनुभएको तपाईंको दयालुपनका लागि धन्यवाद । शान्तिमा विश्राम लिनुहोस्, सुनिल थापा ।
परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना र प्रार्थना ।’





Read More