― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
Homeराष्ट्रिय समाचारसुनको भाउ बढ्यो, चाँदी घट्यो – KhabarHost

सुनको भाउ बढ्यो, चाँदी घट्यो – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • शुक्रबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले बढेको थियो।
  • चाँदीको भाउ आइतबार प्रतितोला ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँ कायम भएको छ।

१६ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More