― Advertisement ―

HomeLatest newsसी डिभिजन लिग फुटबल छनोटको खेलतालिका सार्वजनिक – KhabarHost

सी डिभिजन लिग फुटबल छनोटको खेलतालिका सार्वजनिक – KhabarHost


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघले मंसिर ४ देखि सुरु हुने सी डिभिजन लिग फुटबल छनोटको खेलतालिका सार्वजनिक गरेको छ।
  • छनोटमा ३९ टोली १३ समूहमा विभाजन गरी समूह विजेताले नकआउट चरणमा प्रवेश गर्नेछन्।
  • फाइनल पुग्ने दुई टोली सी डिभिजन लिगमा छनोट हुनेछन् र प्रतियोगिता मंसिर २८ सम्म सञ्चालन हुनेछ।

२६ कात्तिक, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबल छनोटको उद्घाटन खेलमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा मुख्यालयमा सहभागी टिमको प्रतिनिधिको उपस्थितीमा प्रतियोगिताको ड्र गर्दै खेलतालिका सार्वजनिक गरेको हो ।

ड्र अनुसार मंसिर ४ गतेदेखि सुरु हुने सी डिभिजन लिग क्वालिफायरको पहिलो दिन उद्घाटनखेलसहित कूल तीन खेल हुनेछ । उद्घाटन खेल नेपालगन्ज ११ र पाथिभराबीच बिहान ९ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

यस्तै सोही दिन हामी दाजुभाई एफसी र लिखु भुजु एफसी तथा दुधौली स्पोर्ट्स क्लब र दी भकत्पुर एफसीबीच पनि खेल हुनेछ ।

सी डिभिजन लिग छनोटमा कूल ३९ टोली सहभागि छन् । सहभागि टोलीलाई हरेक समूहमा तीन-तीन टिम राखेर १३ समूहमा विभाजन गरिएको छ ।

मंसिर २८ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा हरेक दिन तीन खेल हुनेछन् ।

समूह चरणका खेलहरुपछि १३ वटै समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

समूह सी, समूह ई र समूह आईको विजेता सिधै क्वाटरफाइनल पुग्नेछन् भने बाँकी १० समूहको विजेताले क्वाटरफाइनल पुग्न एक नकआउट म्याच खेल्नुपर्छ ।

गोलाप्रथाबाट भाग्यमानी बनेका तीन समुहका विजेता र नकआउट खेल जितेर आउने ५ टोली ८ टोलीले क्वाटरफाइनल खेल्नेछन् ।

त्यसपछि सेमिफाइनल हुँदै फाइनल हुनेछ । फाइनल पुग्ने दुई टोली सी डिभिजन लिगमा छनोट हुनेछ ।

यस्तो छ खेलतालिका

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More