― Advertisement ―

सोमबार, अप्रिल १३ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #771)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsसिन्धुलीमा गाडी दुर्घटना, ६ जना घाइते – KhabarHost

सिन्धुलीमा गाडी दुर्घटना, ६ जना घाइते – KhabarHost



१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सिन्धुली तिनपाटन-५ बस्ने २७ वर्षीय पुष्प तामाङ, सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए ।

घाइतेमध्ये चलकको हात-खुट्टामा चोट लागेको छ । साबित्राको ढाड र दुवै खुट्टामा, सविताको बाँया खुट्टा नचलेको, पुनमको निधार र बायाँ पाखुरामा, अर्जुनको निधारमा चोट लागेको छ । निरजको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More