― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsसिजनको पहिलो ‘थ्रिलर’ मा नायक बनेका बसिर – KhabarHost

सिजनको पहिलो ‘थ्रिलर’ मा नायक बनेका बसिर – KhabarHost


दोस्रो सिजनको १६औं खेलमा आएर खेलले ‘थ्रीलर’को रूप धारण गर्दा त्यसका नायक बने बाँयाहाते ब्याटर बसिर अहमद, जसले टोलीलाई संघर्षपूर्ण अवस्थाबाट जित दिलाए ।

राष्ट्रिय

समाचार.

  • विराटनगर किङ्सले कर्णाली याक्सलाई १६१ रनको लक्ष्य पछ्याउँदै अन्तिम ओभरको अन्तिम बलमा जित हासिल गर्‍यो।
  • बसिर अहमदले ६९ रनको साझेदारी बनाएर अर्धशतक पूरा गरी विजयी छक्का प्रहार गरेपछि प्लेयर अफ द म्याच घोषित भए।
  • कर्णालीको फितलो बलिङ र फिल्डिङले १६० रनको योगफल डिफेन्ड गर्न नसक्दा प्लेअफ सम्भावना कमजोर बन्यो।

१२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पछिल्ला दिनहरूमा एकपक्षीय जस्तै नतिजाहरू आइरहेका थिए । अझ भनौं रातिको खेलमा दोस्रो ब्याटिङ गर्ने टिमले खेल जित्छ भन्ने सबैको अनुमानविपरीत नतिजाहरू आइरहेका थिए ।

कर्णाली याक्स र विराटनगर किङ्सबीच भएको शुक्रबारको दोस्रो खेलमा पनि धेरैको अनुमान थियो कर्णालीले पहिले ब्याटिङ गरेर राम्रो योगफल खडा गर्छ अनि डिफेन्ड गर्छ भनेर । तर उक्त अनुमान आधा मात्र मिल्यो, कर्णालीले राम्रो योगफल खडा गर्न त सक्यो तर डिफेन्ड भने गरेन ।

विराटनगरले अन्तिम ओभरको अन्तिम बल बाँकी छँदा खेल जित्यो । दोस्रो सिजनको १६औं खेलमा आएर खेलले ‘थ्रीलर’को रूप धारण गर्दा त्यसका नायक बने बाँयाहाते ब्याटर बसिर अहमद, जसले टोलीलाई संघर्षपूर्ण अवस्थाबाट जित दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट मात्र गुमाएर १६० रन बनाउँदै विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउन आएको विरटनगरको टप अर्डर चल्न नसक्दा दबाबमा आएको थियो जहाँबाट बसिरले संयमित प्रदर्शन गरे र जितको नायक बने ।

कर्णालीले गरेको केही गल्तीहरूको फाइदा उठाउँदै विराटनगरले ५ खेल खेल्दा चौथो जित हासिल गरेको छ र प्लेअफ सम्भावना बलियो बनाएको छ । कर्णालीको पनि ४ खेलमा तेस्रो हार बेहोरेपछि प्लेअफ सम्भावना कठिन बन्न थालेको छ ।

मैदानमा बसिरको शान

१६१ रनको लक्ष्य पछ्याउन मैदान छिरेका विराटनगरका ओपनरद्वय लोकेश बम र जर्ज मन्से आजपनि सस्तैमा आउट भए । खेलको दोस्रो ओभरमै मन्से शून्यमा आउट भए भने चौथो ओभरमा लोकेश पनि आउट भए ।

छैटौं ओभरमा साम हिजलेट पनि आउट भएपछि विराटनगर पावरप्लेमा ३५-३ को अवस्थामा थियो । तेस्रो विकेट गएपछि बसिर क्रिजमा आएका थिए । उनले साहिल पटेलसँग मिलेर साझेदारी बनाइरहेका थिए ।

१२औं ओभरमा साहिल आउट भएपछि क्रिजमा आएका मर्चेन्ट डे लाङ पनि सोही ओभरमा आउट भएपछि विराटनगर ६५-५ को अवस्थामा पुग्यो र पूर्णरूपमा दबाबमा आयो । क्रिजमा त्यसपछि नारायण जोशी आए ।

नारायणसँग मिलेर बसिरले ६९ रनको साझेदारी बनाए । यसक्रममा बसिरले अर्धशतक समेत पूरा गरे । उनले नियमित अन्तरालमा बाउन्ड्री पनि प्रहार गरिरहेका थिए । उनलाई नारायणले पनि साथ दिइरहेका थिए ।

बसिरले १५औं ओभरमा २८ रनमा खेलिरहँदा जीवनदान पनि पाएका थिए । दोस्रो बलमा उनले सिधा ब्याटले खेलेको शटमा बल माथि उठेको थियो । कप्तान सोमपाल मिडअनबाट क्याचका लागि गए । हात लगाए तर क्याच भने भएको थिएन। यो कठिन मौका भएपनि क्याचले खेलको मोमेन्टम शिफ्ट हुन सक्थ्यो ।

१७औं ओभरको दोस्रो बलमा नारायण १२ रन बनाएर खेलिरहँदा सोमपालको बलमा क्याचआउट भएका थिए तर नोबल भएका कारण जीवनदान पाए । त्यसले पनि खेलको मोमेन्टम अझै विराटनगरको पक्षमा ल्याइरहेको थियो ।

१८औं औभरमा नारायण आउट भएपनि अर्धशतक बनाएर क्रिजमा सेट भइसकेका बसिरले खेल जिताएरै छाडे । नारायण आउट भएपछि प्रतिश जिसी आएर एक चौका प्रहार गरेका थिए ।

प्रतिश १९औं ओभरको चौथो बलमा क्याचआउट भएपछि क्रिजमा आएका सन्दीप लामिछानेले पहिलो बलमै चौका प्रहार गरेर त्यसपछि २ रन लिएपछि अन्तिम ओभरमा १० रन आवश्यक थियो र स्ट्राइकमा थिए बसिर ।

बसिरले नन्दन यादवको पहिलो बलमा २ रन लिए । त्यसपछि १ रन लिएर सन्दीपलाई स्ट्राइक दिए । तेस्रो बलमा सन्दीपमार्फत लेग बाइको २ रन आयो अनि चौथो बलमा सन्दीपले १ रन लिएर बसिरलाई स्ट्राइक दिए ।

पाँचौं बलमा नन्दनको बललाई बसिरले हल्का लेगमा सरेर फ्लिक गरी डिप स्क्वायर लेग बाउन्ड्रीमा छक्का प्रहार गरे र त्यो नै विजयी शट रह्‍यो । विजयी छक्का प्रहार गरेपछि मैदानलाई ढोगेका बसिरलाई सन्दीपले पनि उत्सव मनाएर साथ दिए ।

यसरी कठिन अवस्थाबाट विराटनगर किङ्सलाई जित दिलाएका बसिर नै प्लेयर अफ द म्याच पनि चुनिएका थिए। खेलपछि कुरा गर्दै उनले टिमलाई जिताउन सक्छु भन्ने विश्वास राखेको र त्यसैअनुसार खेल्दा जित सम्भव भएको बताए ।

‘विकेट जाँदा दबाब धेरै थियो तर आफूमा विश्वास राखेर समय लिएँ, पार्टनरसिप बनाए जित्न सकिन्छ भन्ने थियो । एक दुई ठुलो ओभर बनाए जित्न सकिन्छ भन्ने थियो’ उनले भने ।

‘खेल एकदम डीप लैजाने भनेर खेलेको थिएँ, नारायण जोशीलाई पनि आफूमा विश्वास राख्न भनिरहेको थिएँ’ उनले थपे ।

विपक्षी कप्तान सोमपाल कामीले पनि बसिरको इनिङको प्रशंसा गर्दै यस्तो किसिमको खेल जिताउनु राम्रो भएको बताए ।

कर्णालीको फितलो बलिङ र फिल्डिङ

कर्णाली याक्सले आजको खेलमा बलिङ र फिल्डिङ पनि फितलो गर्दा १६० रनको योगफल डिफेन्ड गर्न सकेन । दुई युवा स्पीनहरू बिपिन प्रसाद शर्मा र युवराज खत्री प्लेइङ ११ मा भएर पनि एक ओभर पनि गरेनन् ।

त्यस्तै केही महत्वपूर्ण क्याचहरू ड्रप भएका थिए । कप्तान सोमपालले नै बसिरको क्याच ड्रप गरेका थिए । जुन खेल नै गुमाउने गरी महँगो साबित भयो । त्यसअघि साहिल पटेल शून्यमै हुँदा गुल्शन झाले क्याच छाडेका थिए । विकेटकिपर दीपक डुम्रेले बल मिस गर्दा बाइमार्फत चौकाहरू गएका थिए ।

कर्णालीले विदेशी स्पीनर मार्क वाटबाहेक पार्ट टाइम स्पीनर विलियम बोसिस्टो र पवन सर्राफलाई मात्र बलिङ गरायो । बाँकी ओभर नन्दन यादव, कप्तान सोमपाल कामी र गुल्शन झाले गरेका थिए ।

विराटनगरका ब्याटरहरूले निरन्तर पेस बलरलाई अट्याक गरिरहँदा पनि पेस बलरलाई नै धेरै ओभर गराउनु घातक साबित भयो । त्यसमाथि पनि कप्तान सोमपालले विकेट प्राप्त गरेको बल नै नो बल गर्दा त्यसले खेलको मोमेन्टम विराटनगरतर्फ ल्याएको थियो ।

खेलपछि कुरा गर्दै कप्तान सोमपालले धेरै गल्ती हुँदा हार बेहोरेको बताए । ‘गल्ती धेरै भयो, क्याचहरू ड्रप भयो, नो बलले गर्दा पनि फरक पर्‍यो । तर त्यो खेलकै एउटा पार्ट हो । ३ खेल बाँकी छ, राम्रो गर्छौं’ उनले भने, ‘बसिरले एकदम राम्रो खेल्यो, हामीले पनि त्यसमा सहयोग गर्‍यौं।’

यस्तो छ अंकतालिका

विराटनगरले आजको जितपछि ५ खेलबाट ८ अंक जोडेको छ र दोस्रो स्थानमा यथावत् छ । कर्णालीको भने ४ खेलमा २ अंक मात्र छ र पाँचौं स्थानमा छ ।

तालिकाको शीर्षस्थानमा आसीन सुदूरपश्चिम रोयल्सको ४ खेलमा ४ जितसहित ८ अंक छ, नेटरनरेटमा विराटनगरभन्दा अघि रहेर ।

तेस्रो स्थानमा काठमान्डु गोर्खाजको ५ खेलमा ६ अंक छ । काठमान्डुले शुक्रबारकै पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । चितवन ४ खेलमा ४ जितसहित चौथो स्थानमा छ ।

२-२ अंक नै भएका पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स छैटौं र सातौं स्थानमा छन् भने जनकपुर बोल्ट्स ३ खेलमा अंकविहीन रहँदै पुछारमा छ ।

बसिरका बारेमा पढ्नुहोस् : https://www.onlinekhabar.com/cricket-player/basir-ahamad

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More