― Advertisement ―

iRobot टेकओभर पूरा भयो – तर यस्तो देखिन्छ कि Roomba ब्रान्ड यसको अमेरिकी जराहरूमा टाँसिएको छ

iRobot अब पूर्ण रूपमा स्वामित्वमा रहेको छ, चिनियाँ बैंकरप्याक्टर कम्पनीको अनुसरण गर्दै छ। प्रक्रियाएउटा नयाँ 'iRobot Safe' सहायक कम्पनी अमेरिकी उपभोक्ता डेटाको सुरक्षाको लागि...
HomeLatest newsसामाजिक सञ्जालको पासवर्ड कति समयपछि परिवर्तन गर्ने ?

सामाजिक सञ्जालको पासवर्ड कति समयपछि परिवर्तन गर्ने ?


राष्ट्रिय

समाचार.

  • साइबर सुरक्षा विज्ञहरूले लामो, जटिल र फरक पासवर्डलाई बारम्बार परिवर्तन नगर्न सुझाव दिएका छन्।
  • पासवर्ड म्यानेजर, दुई तह प्रमाणीकरण र बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्न साइबर सुरक्षा उपायहरू सुझाइएको छ।

सामाजिक सञ्जालका अकाउन्टहरूको पासवर्डका सम्बन्धमा वर्षौंदेखि एउटा सल्लाह व्यापक बन्यो– पासवर्ड हरेक केही महिनामा परिवर्तन गर्नुपर्छ । तर यो सल्लाह साँच्चै उपयोगी छ त ? नयाँ साइबरसुरक्षा अध्ययनहरूले बारम्बार पासवर्ड परिवर्तन गर्नु सधैं सुरक्षित उपाय नहुने बरू कतिपय अवस्थामा यस्तो प्रवृत्तिले अझ जोखिम बढाउने देखाएका छन् ।

हेर्दा, सोच्दा यो सामान्य विषय लागे पनि कतिपयका लागि गम्भीर विषय हुन सक्छ । किनकि आफ्नो पासवर्ड बारम्बार परिवर्तनदेखि हतपत्त नगर्नेसम्मका प्रयोगकर्ताहरू भेटिन्छन् । आजको तुलनामा पहिले अवश्य पनि साइबर सुरक्षा अब्बल थिएन । पासवर्ड लिक हुने खालका गतिविधिहरू भइरहन्थे ।

त्यस्तो परिस्थितिमा साइबर सुरक्षा विज्ञहरूले १/२ महिनामा पासवर्ड परिवर्तन गर्न सुझाव दिन्थे । धेरैले यसलाई अनुशासनका रूपमा अपनाएका पनि थिए । तर व्यवहारमा मानिसहरूलाई बारम्बार पासवर्ड परिवर्तन गर्न बाध्य पार्दा उनीहरूले सजिलो तर असुरक्षित तरिका अपनाउने गर्छन् । अर्थात्, बारम्बार पासवर्ड परिवर्तन गर्दा सम्झन पनि अप्ठ्यारो हुन्छ । त्यसले गर्दा मान्छेलेहरूले पहिल्यै पासवर्डको अन्त्यमा अङ्कहरू ‘१’, ‘२’, ‘३’ थप्ने गर्थे ।

तर, अहिले त्यस्तो बानी साइबर सुरक्षाका दृष्टिले झनै खतरा भएको बताइएको छ । सोही कारण अमेरिकाको नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्स एन्ड टेक्नोलोजी (एनआईएसटी)ले नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने पुरानो सल्लाह फिर्ता लिएको छ ।

सुरक्षित पासवर्डलाई बारम्बार किन परिवर्तन गर्नु पर्दैन ?

यदि तपाईंको पासवर्ड लामो, जटिल र अन्य कुनै साइटमा प्रयोग भएको छैन तिनलाई बारम्बार परिवर्तन नगर्दा नै सुरक्षित हुने विज्ञहहरूको सुझाव छ । तर, कतिपय कार्यालय वा संस्थामा बारम्बार पासवर्ड परिवर्तन गर्नुपर्ने नियम हुँदा कर्मचारीहरूले निश्चित ढाँचा अपनाउँछन्, जुन ह्याकरहरूलाई पहिले नै थाहा हुन्छ । यसले सुरक्षा कमजोर बनाउँछ ।

यसको सट्टा पासवर्ड म्यानेजर प्रयोग गर्नु उत्तम उपाय हो । यसले हरेक साइटका लागि फरकफरक, बलियो पासवर्ड स्वतः बनाइदिन्छ । र, सुरक्षित रूपमा राख्छ । प्रयोगकर्ताले उक्त पासवर्ड म्यानेजरको मात्र पासवर्ड परिवर्तन गरे पुग्छ ।

यी अवस्थामा मात्र पासवर्ड परिवर्तन गर्ने

तपाईंले अब बारम्बारभन्दा पनि निश्चित परिस्थितिमा बाहेक अन्य अवस्थामा पासवर्ड परिवर्तन नगर्दा पनि हुन्छ । तर, यस्ता अवस्थाहरू भएको खण्डमा चाहिँ तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्नुपर्छ । तपाईंको अकाउन्ट भएका प्लेटफर्महरू ह्याक भएको खबर आएमा तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोस् ।

अस्थायी रूपमा भए पनि तपाईंले आफ्नो पासवर्ड कसैलाई दिनुभएको छ भने आवश्यक काम सकेपश्चात पासवर्ड परिवर्तन गर्नुहोस् । सुरक्षित नभएको सार्वजनिक वाईफाईहरू प्रयोग गरेपछि, तिनमा बिना भीपीएन लगइन गर्नुभएको छ भने पासवर्ड बदल्नु राम्रो हुन्छ ।

तपाईंको आफ्नो डिभाइसमा मालवेयर भएको थाहा लागे तत्कालै पासवर्ड परिवर्तन गर्नुहोस् । एउटै पासवर्ड धेरै साइटमा प्रयोग गरिरहनुभएको छ भने ती सबै परिवर्तन गर्नुहोस् । र सबै खाताका लागि फरक-फरक पासवर्ड बनाउनुहोस् ।

पासवर्ड परिवर्तनभन्दा राम्रो उपायहरू

तर बारम्बार पासवर्ड बदल्नुको सट्टा अहिले नयाँ उपायहरू पनि छन् । ती अपनाउँदा तपाईं केही हदसम्म भए पनि सुरक्षित हुनसक्नुहुन्छ :

पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् । यसो गर्दा एउटा मास्टर पासवर्ड सम्झिए पुग्छ । बाँकी सबै सुरक्षित हुन्छन् । दुई तहको प्रमाणीकरण (टूएफए) गर्नुहोस् । यसले तपाईंको पासवर्ड चुहिए पनि सुरक्षित बनाउँछ ।

बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्नुहोस् । अहिले प्राय: नयाँ मोडेलका डिभाइसहरूमा पासकी उपलब्ध छन् । त्यस्तोमा औंठाछाप वा फेस आईडी प्रयोग हुन्छन् । जुन पासवर्डभन्दा चोरी गर्न धेरै गाह्रो हुन्छ ।

तपाईंले प्रयोग गरिरहेका सफ्टवेयर र डिभाइस सधैं अपडेट गर्नुहोस् । यसो गर्दा पनि ह्याक हुने सम्भावना कम हुन्छ।

फिसिङ इमेल र लिन्कबाट सतर्क रहनुहोस् । बैंक वा डेलिभरी कम्पनी बनेर आउने नक्कली इमेलहरूमा क्लिक नगर्नुहोस्। ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More