― Advertisement ―

‘परिवारमा स्वागत छ’ – Qualcomm भन्छ कि यो खुशी छ कि Nvidia RTX Spark को साथ आर्म रेसमा सामेल भएको छ।

मै Qualcomm सँग Computex 2026, र यदि, म जस्तै, तपाईं कसरी सोचिरहनु भएको थियो कि कम्पनी — जसमा एक पटक <a-id-line=" मा विन्डोज थियो।...
HomeLatest newsसाधारण सभाले तोकेको मितिमै लिग गराउन फुटबल खेलाडी संघको माग

साधारण सभाले तोकेको मितिमै लिग गराउन फुटबल खेलाडी संघको माग


राष्ट्रिय

समाचार.

  • नेपाल फुटबल खेलाडी संघले एन्फाको साधारण सभाले तोकेको मितिमा शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न एन्फालाई सात दिनभित्र धारणा दिन अल्टिमेटम दिएको छ।
  • खेलाडी संघले खेलाडीको खेल्ने अधिकारलाई आधारभूत अधिकार मान्दै एन्फा र क्लबसँग समन्वय गरेर लिग तयारी सुरु गर्न आग्रह गरेको छ।
  • खेलाडी संघले सातदोबाटोमा शान्तिपूर्ण धर्ना गरेको र समस्या समाधानका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ।

२१ कात्तिक, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले एन्फाको साधारण सभाबाटै तोकिएको मितिमा शहीद स्मारक ए डिभिजन लिग आयोजना हुनुपर्ने माग दोहोर्‍याउँदै एन्फालाई अल्टिमेटम दिएको छ ।

संघले विज्ञप्ति जारी गर्दै खेलाडीहरू सोही मितिमा लिग खेल्न तयार रहेको उल्लेख गर्दै एन्फा र क्लब पनि तयार हुनुपर्ने बताएको छ ।

‘हामी चाहन्छौं हाम्रो संघर्ष सडकमा होइन, मैदानमा सीमित रहोस्’ विज्ञप्तिमा भनिएको छ, ‘हामी खेल्न तयार छौं, एन्फा र क्लबहरू पनि तयार होऊन्।’

संघले बिहीबार एन्फाविरुद्ध सातदोबाटोमा शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले एन्फाले आफ्नै मुख्यालयको प्रांगणमा प्रवेश गर्न नदिएको घटनाप्रति दुःख व्यक्त गर्दै भन्यो, ‘हामीले कार्यक्रमबाट नै स्पष्ट पारेका छौं, साधारण सभाले तोकेको मितिमा लिग गर्नेबारे एन्फाले अब सात दिनभित्र आफ्नो धारणा दिनुपर्छ।’

एन्फाको कुनै समूहले सदस्य संस्थाले तोकेको मिति मनपरी परिवर्तन गर्ने अधिकार नभएको बताउँदै खेलाडी संघले खेलाडीको खेल्ने अधिकारलाई आधारभूत अधिकारका रूपमा व्याख्या गर्दै एन्फालाई क्लबहरूसँग समन्वय गरेर लिग तयारी सुरु गर्न आग्रह गरेको हो।

खेलाडी संघले कार्यक्रममा सहभागी भएका प्रशिक्षक, रेफ्री, खेलाडी, समर्थक र मिडियाप्रति आभार व्यक्त गर्दै समस्या समाधानका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ।





Read More