― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जनसलमान खानलाई पाकिस्तानले ‘आतंकवादी’ घोषणा गरेको खबरमा सत्यता छ ?

सलमान खानलाई पाकिस्तानले ‘आतंकवादी’ घोषणा गरेको खबरमा सत्यता छ ?


रियादमा हालै सम्मान ग्रहण गर्दै बलिउड अभिनेता सलमान खान जहाँ उनले बलोचिस्तानबारे टिप्पणी गरेका थिए ।


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बलिउडका तीन खान शाहरुख, सलमान र आमिर साउदी अरबको रियादमा आयोजित कार्यक्रममा एकसाथ सहभागी भएका थिए।
  • सलमानले बलोचिस्तान र पाकिस्तानको अलग-अलग नाम लिएका थिए जसले विवाद उत्पन्न गर्‍यो।
  • पाकिस्तान सरकारले सलमानलाई आतंकवादी घोषणा गरेको भनिएको नक्कली पत्र भाइरल भयो र फ्याक्ट चेकमा त्यो पत्र नक्कली पाइएको छ।

काठमाडौं । केही साताअघि बलिउडका तीन खान शाहरुख, सलमान र आमिर साउदी अरबको रियादमा आयोजित एक कार्यक्रममा एकसाथ सहभागी थिए ।

युट्युब स्टार मिस्टर बिस्टले यी तीन खानसँगको फोटो सेयर गर्दै सबैलार्ई आश्चर्यचकित तुल्याएका थिए । सोही क्रममा सलमानले पाकिस्तानभित्रको विवादित क्षेत्र बलोचिस्तानबारे टिप्पणी गरेका थिए ।

बलोचिस्तानका कट्टरपन्थीले पाकिस्तानसँग अलग भएर बेग्लै मुलुक बनाउनुपर्ने माग राखेको दशकौं भयो । यस्तोमा, सलमानले बलोचिस्तान र पाकिस्तानको अलग-अलग नाम लिएका थिए ।

उनको अभिव्यक्तिले आगोमाथि घिउ थप्यो । पाकिस्तानी संचारमाध्यमदेखि सर्वसाधारणले सलमानको अभिव्यक्तिमा आपत्ति जनाए । मसला यत्तिकैमा रोकिएन, सामाजिक सञ्जालमा भ्रम फैलाउने किसिमका खबर पनि आए ।

यतिसम्मकी पाकिस्तान सरकारले सलमानलाई आतंकवादी घोषणा गरेको भनिएको एक नक्कली पत्र पनि ब्यापक भाइरल भयो । उक्त पत्रकै आधारमा भारतीय मिडियाले समाचार बनाए । फ्याक्ट चेकको क्रममा उक्त पत्र नक्कली भएको पाइएको छ ।

उक्त पत्र डिजिटलरुपमा तयार गरिएको र यसलाई कुनैपनि पाकिस्तानी सरकारी नियोगले पुष्टि नगरेको जनाइएको छ ।

फिल्मको कुरा गर्दा, सलमानलाई उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा देख्न सकिन्छ । गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाबीचको झडपको कथावस्तुबारे बन्ने उक्त फिल्ममा सलमानले एक भारतीय सैनिक अफिसरको भूमिका निर्वाह गर्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More