राष्ट्रिय
समाचार.
- गायक तथा अभिनेता प्रशान्त तामाङले सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका छन्।
- फिल्म सन् २०२६ मा रिलिज हुने र १५ जेठ २०७७ मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा आधारित छ।
- सलमान खानले फिल्ममा सैनिक अफिसरको भूमिका निर्वाह गरेका छन् र प्रशान्तले सेटबाट फोटोसहित ‘अब केही हुँदैछ’ लेखेका छन्।
काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् ।
तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ ।
‘अब केही हुँदैछ । म साँच्चिकै उत्साहित छु । धन्यवाद सलमान खान सर’ प्रशान्तले सेटका फोटोसहित यस्तो क्याप्सन लेखेका छन् ।
यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित छ ।
फिल्ममा सलमानले सैनिक अफिसरको रोल निर्वाह गरेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

