― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsसर्वदलीय बैठकमा नेकपा- चुनाव नभए संसद् पुनस्थापना हुनसक्ने कुरामा क्लियर बनौं

सर्वदलीय बैठकमा नेकपा- चुनाव नभए संसद् पुनस्थापना हुनसक्ने कुरामा क्लियर बनौं



७ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।

संविधान विपरीत सरकारले  पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने चेतावनी समेत उनले दिए । घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुन:स्थापना हुनेप्रति सरकारलाई सचेत समेत गराए ।

‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सह्रानीय छ । हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहन्छु,’ पार्टीको तर्फबाट बोल्दै नेता पुनले भने, ‘सरकारले पनि निर्वाचनलाई वैशाख, जेठतिर लैजान खोजेको हो कि भन्ने शुरु शुरुका दिनमा आशंका थियो । अहिले त्यो ठाउँ नभएको जस्तो देखिन्छ । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ ।’

सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उनले राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताए ।

‘जेनजी साथिहरु समेत यो प्रक्रियामा सहभागि हुन आउनुभएको छ । यो खुशीको कुरा हो । हामी निर्वाचनको लागि सरकारलाई सहयोग गर्नको लागि तयार छौँ । तर एउटा कुरा खेल शुरु भइसकेपछि खेलका नियमहरू बीच बीचमा बदल्नु हुँदैन । बदल्यौँ भने कन्फिल्क्टहरू ल्याउन सक्छ । राज्यलाई निकाश र स्थायीत्व दिनको लागि राजनीतिक दलहरूले पनि राज्यलाई सहयोग गर्नुपर्छ,’ पुनले भने, ‘तर सरकार ६ महिनाभन्दा उता संविधान विपरीत जान खोज्यो भने हाम्रो समर्थन हुदैन हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ कि पुरानै संसद् पुन:स्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More