― Advertisement ―

पुरानो IRC प्रोटोकल कार्यमा फिर्ता आएको छ, SSHStalker को लिनक्स बोटनेटले नाफाको लागि क्लाउड सर्भरको शोषणको लागि धन्यवाद।

SSHStalker ले लिनक्समा धेरै bouts च्यानलहरू नियन्त्रण गर्न र bouters नियन्त्रण गर्न प्रयोग गर्दछ होस्टहरूस्वचालित SSH ब्रुट-फोर्सिङले क्लाउड सर्भर पूर्वाधारहरू मार्फत बोटनेटलाई द्रुत रूपमा...
HomeLatest newsसर्वदलीय बैठकपछि एमाले- सरकारको नियत ठिक भएन – KhabarHost

सर्वदलीय बैठकपछि एमाले- सरकारको नियत ठिक भएन – KhabarHost



३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन् ।

बुधबार प्रधानमन्त्रीसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्‍याएर दलहरूको परीक्षण गरिरहेको आरोप पनि उनले लगाए ।

प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भएपनि वर्तमान सरकार पूर्णत: असंवैधानिक भएको जिकिर ज्ञवालीको थियो ।

‘सरकारले बोलायो हामी आयौं तर यो संविधानअनुसार बनेको सरकार त होइन नि त । यो प्रतिनिधि सभालाई कनैपनि हालतमा संवैधानिक भन्न मिल्छ र ? हामीले प्रधानमन्त्रीसँग यही कुरा राखेका छौं । तर मन नपराउनेहरुलाई भड्काउपूर्ण रुपले हेर्ने नै भए,’ ज्ञवालीले भने ।

‘हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार निस्केका छौं । प्रधानमन्त्रीको जवाफ के हुन्छ पछि थाहा होला । दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने कुराको परीक्षण सरकारले गरिरहेको छ । यदि यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो । दलहरुले आफ्नो नियमित गतिविधि र छलफल समेत गर्न नपाउने स्थिति बन्छ ।’

उनले सरकारको यस्तै व्यवहार निरन्तर रहे चुनाव तर परको कुरा दलहरुले नियमित गतिविधि समेत गर्न नपाउने स्थिति बन्ने बताए ।

बुधबार प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनबारे दलहरुसँग छलफल गरेकी छिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More