― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsसर्लाहीबाट काठमाडौं फर्किए गगन – KhabarHost

सर्लाहीबाट काठमाडौं फर्किए गगन – KhabarHost



१६ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौं फर्किएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौं फर्किएका हुन् ।

१२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए ।

पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही आगमनका क्रममा पार्टी नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

पाँच दिनको बसाइमा उनी पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या र अपेक्षा सुन्ने काममा केन्द्रित थिए ।

पार्टी कार्यकर्तासँगको भेटघाटमा सभापति थापाले सर्लाही–४ को विकास र समृद्धिका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले जनतासँग निरन्तर सम्पर्कमा रहन र गुनासो तथा मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय खोल्ने घोषणा समेत गरे ।

सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति थापाले भने, ‘यहाँ आइपुगेपछि स्नेहपूर्ण स्वागत पाएँ । काठमाडौंबाट आउँदा द्विविधा बोकेर आएको थिएँ, तर फर्किँदा भरोसा बोकेर जाँदैछु ।’

लामो समयदेखि जनताले विषय र मुद्दालाई सही ढंगले सम्बोधन गर्न सक्ने प्रतिनिधिको खोजी गरिरहेको उल्लेख गर्दै ती अपेक्षामा विश्वास दिलाउने प्रयास गरेको उनले बताए ।

त्यस्तै सभापति थापाले सर्लाहीमा तटबन्ध, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि प्रमुख समस्या तथा मुद्दा रहेको बताए ।

उनका अनुसार कृषि सम्बन्धी टोली सर्लाहीबाट फर्किसकेको छ भने सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर अध्ययन गरिरहेको छ। सूचना प्रविधिसम्बन्धी टोलीसमेत ८–१० दिनभित्र सर्लाही आएर अनुसन्धान गरी सतहमा देखिएका समस्याको प्रतिवेदन तयार गर्ने उनले जानकारी दिए ।

सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । काठमाडौं प्रस्थान गर्नुअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

भेटका क्रममा सभापति थापाले आगामी पाँच वर्ष पार्टीले मधेशका मुद्दा प्राथमिकताका साथ बोक्ने स्पष्ट पार्दै मधेशले पूर्ण विश्वास दिए नेपाली कांग्रेसको एकमना सरकार बन्ने र त्यस सरकारले मधेशका मुद्दालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।





Read More