― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsसर्प, त्रिशूल र सूर्य (भिडियो) – KhabarHost

सर्प, त्रिशूल र सूर्य (भिडियो) – KhabarHost


राष्ट्रिय

समाचार.

  • रागिनी उपाध्यायले १९७९ मा काठमाडौंमा आफ्नो पहिलो एकल कलाप्रदर्शनी गरेकी थिइन्, जसको उद्‌घाटन कुलपति लैनसिंह बाङ्देलले गरेका थिए।
  • उनले १९८६ मा काठमाडौं फर्किएर तत्कालीन महारानी ऐश्वर्यले उद्‌घाटन गरेको प्रदर्शनीमा ४५ चित्र राखिन् र सबै विक्री भए।
  • रागिनीले कला मार्फत सामाजिक र राजनीतिक विषयवस्तुहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै ७० भन्दा बढी एकल प्रदर्शनी गरिसकेकी छिन्।

त्यसबेला बीपी कोइराला ६५ वर्षका थिए । वृद्ध शरीर भए पनि उनको सक्रियतामा कुनै कमी आएको थिएन । राजनीतिबाहेक कला, साहित्यमा उनको झुकाव छँदै थियो । त्यो समय २० वर्षकी रागिनी भारतको लखनऊ कला तथा शिल्प महाविद्यालयमा ललितकला अध्ययन गर्दै थिइन् । हरेक वर्ष विश्वविद्यालयको दुई महिना गर्मी विदा मिल्थ्यो ।

त्यो समय उनी काठमाडौं आइरहेकी हुन्थिन् । १९७९ सालमा पनि त्यसैगरी काठमाडौं आएकी थिइन् । अन्य वर्षहरूभन्दा त्यो वर्ष उनका लागि विशेष थियो । किनकि नक्सालको बालमन्दिरस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आफ्नो पहिलो एकल कलाप्रदर्शनी गर्दै थिइन् । जसको उद्‍घाटन तत्कालीन कुलपति लैनसिंह बाङ्देलले गरेका थिए।

त्यसै प्रदर्शनीमा उनले पहिलेदेखि चिनजान विपी कोइरालालाई निमन्त्रणा दिएकी थिइन् । बीपी चाबहिल बस्थे । बिहानको खानापछि उनी नक्साल जान ज्ञानेश्वरको बाटो लागे । बुढ्यौली उमेरमा पुगेका बालकृष्ण समको बसाईं ज्ञानेश्वर नै थियो ।

दूरीका हिसाबमा ज्ञानेश्वरबाट कलामन्दिर नजिकै थियो । समलाई बीपीले रागिनीको प्रदर्शनी हेर्न जाऔं भनेर प्रस्ताव राखे । समलाई प्रदर्शनीको निमन्त्रणा थिएन ।तर पनि सम दौरासुरुवाल लगाएर बीपीसँगै कलामन्दिर पुगे ।

कला क्षेत्रमा भर्खर पाइला चाल्दै गरेकी गरेकी रागिनीका लागि बीपी र समको उपस्थितिको महत्व कम्ता थिएन । त्यस समयको बखान गरेर अझैं थाक्दिन् उनी । दुर्भाग्यवस् ! उक्त कलाप्रदर्शनीको केही समयपछि नै बीपी र समको निधन भयो ।

आज रागिनी त्यो समयका बीपी‍को उमेरमा छिन् । १९८२ सम्म आइपुग्दा रागिनीले विश्वविद्यालयको पढाइ सक्काइसकेकी थिइन् । उनी नेपाल नफर्किएर लखनऊबाट दिल्ली ‍पुगिन् ।

त्यहाँ उनले दुई वर्षसम्म आर्टिस्ट कर्नर ललित कला एकेडेमीमा तीन वर्षसम्म प्रिन्ट मेकिङ सिकिन् । त्यसपछि मात्र १९८६ सालमा काठमाडौं फिर्ता भइन् । त्यसै साल तत्कालीन राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा उनले कला प्रदर्शनी गरिन् । जसको उद्‍घाटन तत्कालीन महारानी ऐश्वर्य गरेकी थिइन् ।

रानीले नै उद्‍घाटन गरेपछि त्यस प्रदर्शनको व्यापक प्रचार भयो । खबर रेडियो नेपाल र गोरखापत्रले महत्वका साथ प्रकाशन, प्रसारण गरे । १५ दिनसम्म चलेको प्रदर्शनीमा उनले ४५ वटा चित्र राखेकी थिइन् । अन्तिम दिनसम्ममा ती सबै विक्री भए ।

एउटा कलाकारका लागि त्यो स्तरको प्रदर्शनी एक सपना बराबर हो । २७ वर्षकै उमेरमा रागिनीको सपना विपनामा परिणत भएको थियो । प्रदर्शनीमा कला विक्री हुनु मात्र पनि ठूलो कुरा थिएन । त्यहाँबाट अवसरका नयाँ ढोका खुल्नु रागिनीका लागि निकै महत्वपूर्ण बन्यो ।

त्यसै प्रदर्शनीको जगमा उनले बेलायतमा प्रिन्ट मेकिङको कोर्स गर्न फेलोसिप पाइन् । त्यहाँबाट उनका नयाँ आयाम फैलिए । ग्राहक बढाउने अवसर पनि पाइन् ।

यसअर्थमा आजसम्म ७० बढी एकल कला प्रदर्शनी र दर्जनौं पटक सामूहिक कला प्रदर्शनी गरिसेकी रागिनीका लागि यी दुई प्रदर्शनी खास छन् । प्रमाण त उनको बखान नै हो । तर त्यसभन्दा बढी भक्तपुरको बालकोटमा रहेको उनको घरको बैठक कोठामा सजाइएका फोटाहरू आफैँ बोल्छन् ।

गत भदौको जेनजी आन्दोलन पछि रागिनीले बनाएको चित्र ।

बाहिरबाट चिन्नेहरूले रागिनीलाई कठोर, मुद्दामा स्थिर र कडा मान्न सक्छन् । तर उनको कोमलता नदेख्नेहरूलाई के थाहा, उनी कति प्रेमिल, कति भावुक र कति दयालु छिन् । तर समाजमा यस्तो साङ्लो छ, यस्तो पर्दा छ– जसले गर्दा उनको प्रेम कतै रोकिदिन्छ । छेकिदिन्छ । तर कला मन कहाँ रोकिन्थ्यो र !

उनी आफैं आफूलाई निडर, स्पष्टवादी र न्यायप्रिय मान्छिन् । वृश्चिक राशिलाई आंशिक कारण पनि मान्छिन् । तर काम र प्रस्तुतिमा आफ्नो व्यक्तित्व नरिवल जस्तै बाहिरबाट कडा र भित्रबाट कमलो भएको उनको भनाइ छ ।

विशेषत: रागिनीलाई चिनाउने भनेको उनका कलाकृति हुन् । उनी आफैंमा सशक्त प्रतिकात्मक कलाकार हुन् । त्यहीकारण हिन्दू कथन र प्रतीकहरूको प्रयोग गरी उनले समसामयिक विषयवस्तुहरूलाई क्यानभासमा उतार्छिन् ।

भनौं, उनले प्रतीकहरूलाई आफ्नो भाषा बनाउँछिन् । त्यसैले त प्रतिकवाद नै उनको पहिचान बनेको छ । समाजमा कहिने कथ्यलाई आफ्नो औजार बनाएकी छिन् । कालान्तरमा उनका चित्रमा आउने मिथकीय पात्रहरूले उनलाई पृथक बनाएको छ । रङको कुरो जो रह्यो । ती त उनको लय भइहाले । तिनलाई उनले आफ्नो भावना, भनाइ र सोच व्यक्त गर्न प्रयोग गर्छिन् ।

टाइमलाइनमा रागिनी उपाध्यायको उतारचढाव

 

यी कुराहरूमा उनी यति अभिसप्त छिन कि, आफूले लगाउने टीकामार्फत पनि सन्देश दिन थालिन् । अनि त टीका उनको पहिचान र जीवनशैलीको अभिन्न अङ्ग बन्यो । यही कारण रागिनीको कुरा गर्दा उनले निधारमा लगाउने टीकाको प्रसंग छुटाउनै मिल्दैन । रागिनीका अनुसार उनले हालसम्म तीन प्रकारका विशेष टीका लगाएकी छिन् ।

ती प्रत्येकको प्रतिकात्मक अर्थ छन् :

सर्प

सुरुमा उनले दुईवटा सर्पको टीका लगाउँथिन् । उनी सर्पहरूलाई इच्छाहरूको प्रतीक मान्छिन् । उनको बुझाइमा इच्छामा विष हुन्छ, जुन चरम अवस्थामा पुगेपछि घातक हुन्छ । तर त्यसबाट औषधि पनि बन्न सक्छ ।

त्रिशूल

पुरुषप्रधान कला क्षेत्रमा महिला कलाकारहरूले सामना गर्नुपरेका चुनौतीहरू देखेर दिक्क भएकी उनले त्रिशूलको टीका लगाउन थालिन् । त्रिशूलमार्फत उनले महिलाको शक्ति देखाउन खोजेकी थिइन् ।

सूर्य

२०१६ मा नेदरल्याण्ड्समा पढ्दै गरेकी छोरीलाई मेनिन्जाइटिसका कारण गुमाएपछि उनले एक वर्षसम्म कुनै टीका लगाइन् । छोरीको सम्झनामा ‘शिवता लभ फाउन्डेसन’ बनाइसकेपछि उनले सूर्यको टीका लगाउन सुरु गरिन् । प्रकाश र आत्मज्ञानको अर्थ दिन उनले सूर्यको टीका लगाउन थालिन् । त्यसयता उनले यही टीका नै लगाइरहेकी छिन् ।

यसरी क्यानभासको दुनियाँभन्दा बाहिर पनि प्रतीक, आकार र रङमार्फत आवाज ओकलिरहेकी रागिनी वैचारिक कलाकार हुन्। उनले कुनै आकृति हेर्दैमा चित्र कोर्दैनन् । उनलाई घटनाले छुनुपर्छ । त्यसमा उनी केकसरी सन्देश दिन सकिन्छ, घोत्लिन्छिन् । र, चित्रमार्फत एउटा ठोस सन्देश दिन खोज्छिन् ।

कुनै चित्र बनाउनुअघि उनको गृहकार्य नै प्रतीकहरूको प्रयोगमार्फत सन्देश दिनुमा पर्छ । त्यो आकार, त्यो आकृति दिमागमा आएपछि उनी तुरुन्तै स्केच कोर्छिन् । यो प्रक्रिया जहाँ जतिबेला पनि हुन सक्छ । त्यसको ठेगान हुँदैन ।

प्राय: उनले आफ्ना चित्रको खेस्रा डायरीमा कोरिरहेकी हुन्छिन् । त्यसलाई क्यानभासमा उतार्न उनको घरमै स्टुडियो छ । जहाँ बेलाबेला विदेशी कलाकारहरू समेत आएर बस्ने पनि गर्छन् । त्यही नै रागिनीले प्रायः दिउँसोको समयमा काम गर्छिन् । उनी रातमा भने काम गर्दिनन् ।

बुबाको सन्देशलाई लिएर रागिनीले बनाएको चित्र ‘लेट देम बार्क, आई गो माई वे’ (उनीहरूलाई भुक्न देउ, म आफ्नो बाटो हिँड्छु) । यो चित्र उनले विक्रीमा राखेकी छैनन् ।

यही प्रक्रियामार्फत उनले सयौं चित्रहरू कोरेकी छिन् । दशकौं यो करियरमा उनले कति चित्र बनाइन्, त्यसको हेक्का छैन । उनले हरेकजसो प्रमुख राजीतिक घटनाक्रममाथि चित्र बनाएकी छिन् । चाहे त्यो देशमा घटेको होस् या विदेशमा । यदि त्यहाँ मावनता दमन भइरहेको छ भने उनको रङ स्वत: पोखिन्छ। प्रश्न निस्किरहेका छन् ।

विक्री ? सायद यसको पनि उनीसँग लेखाजोखा छैन । उनको एउटा कलाकृति ३५ लाख रुपैयाँसम्म पनि विक्री भएको छ । अन्य त कतिकति ! तर उनी लोभी छैनन् । त्यसकारण त रागिनी उपाध्याय कला फाउन्डेसन र शिवता लभ फाउन्डेसनमार्फत समाज सेवा गरिरहेकी छिन् । र, प्रतिफलमा उनलाई नजिताहरू पनि मिलिरहेको छ ।

आजकल रागिनीलाई वर्तमान समाजमा फैलिएको नकारात्मक राजनीति र अस्थिरताले पिलोल्छ । ती उनको चित्रको विषय भए पनि चरम हुँदा जे नजिता निस्कन्छ, उनलाई त्यसको चिन्ताले पोल्छ । कलाकारको धर्ममार्फत उनी त्यसबारे बोलिरहेकी त हुन्छिन् । तर अब भावी पुस्ताको मानसिक स्वास्थ्यका लागि भएपनि सबैले सकारात्मक सोच र सत्यलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More