― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsसरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन


राष्ट्रिय

समाचार.

  • सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ।
  • टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ।
  • कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले रास्वपा कार्यालयमा उपसभापति डीपी अर्यालसहित नेताहरूसँग संवाद गरेको छ।

९ पुस, काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको कार्यालय भने जोगिएको ‍थियो । अन्य सबै ठूला दलका कार्यालय भने ध्वस्त भएका छन् ।

यसअघि सरकारी टोलीले कांग्रेस, एमाले, नेकपासहितका दलको कार्यालय अनुगमन गरिसकेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली आज रास्वपा कार्यालय पुगेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र  स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झालगायत अन्य केन्द्रीय सदस्यसहितको उपस्थिति रहेको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More