― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsसरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध  – KhabarHost

सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध  – KhabarHost


राष्ट्रिय

समाचार.

  • सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका भारतीय नोट नेपाल भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ।
  • सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित भारतीय नोटमात्र चलनचल्तीमा ल्याउन सकिने बताए।
  • भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो।

२९ मंसिर, काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।

सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने ।

यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो ।

भारतले खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको हो । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन/लैजान पाउने व्यवस्था गरेको थियो ।

भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरको नोट नेपाल ल्याउन लैजान बन्देज गरेको थियो ।

भारतले नेपालमा रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।

खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरता सँगै दुवैतर्फ लान र लैजान पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक लिई प्रतिबन्ध खुलाएको हो ।

सन् २०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु सटही दिएन अर्थात फिर्ता लिएन । त्यो समयमा बंैंकिङ प्रणालीमा मात्र ५ करोड भारु थियो । ती नोट अझै पनि सटही हुन बाँकी छ ।





Read More