― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविजनेससमस्याको चाङमाथि निजी क्षेत्र, सरकारको आश्वासन – KhabarHost

समस्याको चाङमाथि निजी क्षेत्र, सरकारको आश्वासन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्थ मन्त्रालयमा सार्वजनिक निजी संवाद आयोजना गरी उद्योगीहरूले विद्युत् कटौती समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।
  • सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको र लगानीकर्तालाई सुरक्षा दिने आश्वासन दिएको अर्थमन्त्री रामेश्वर खनालले बताए।
  • लगानी बोर्डले एकल बिन्दु सेवा प्रणाली लागू गर्दै निजी लगानीकर्ताले सिधै आयोजना दर्ता गर्न सक्ने व्यवस्था गरेको छ।

१४ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयमा शुक्रबार सार्वजनिक निजी संवाद आयोजना गरिएको छ । लगानी बोर्ड र नेपाल उद्योग परिसंघको आयोजनामा मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा र नेपाल राष्ट्र बैंकका गभर्नरसहितको उपस्थितिमा सार्वजनिक निजी संवाद सञ्चालन गरिएको हो ।

सो क्रममा निजी क्षेत्रसँग सम्बन्धित विविध समस्याबारे छलफल गरिएको छ । छलफलमा उद्योगीहरूले विद्युत् कटौतीको समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे ।

अध्यक्ष ढकालले उद्योगहरूको विद्युत् लाइन काटिँदा देशभरका दर्जनौं उद्योग बन्द भएको र हजारौं रोजगारी संकटमा परेको बताए । उनले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवम् निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी–व्यवसायीलाई दुखी र चिन्तित बनाएको बताए ।

उनले सार्वजनिक निकायबाट प्रवाह हुने सबै सेवालाई फेसलेस, पेपरलेस, कन्ट्यासलेस बनाउन सुझाव दिँदै सार्वजनिक सेवामा तीव्र रुपमा डिजिटलाइज गर्न समेत आग्रह गरे । देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामर्थ्य अन्यत्र भन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरुले समेत देखाइसकेको बताए।

उनले अहिलेको चुनौतिलाई समेत अवसरका रुपमा लिन सकिने बताए । तर, यसका लागि सरकारले अभिभावकत्व दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो वा त्यो बहानामा लगानीकर्तालाई निरुत्साहित बनाउनु हुँदैन, विगतका संकटजस्तै हालको संकट पनि पूर्ण रुपमा सामना गरी अगाडि बढ्न निजी क्षेत्र दृढ छ ।’

कार्यक्रममा अर्थमन्त्री खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको बताए । केही सुधारका काम निजी क्षेत्रले अनुभव गर्ने गरी भइसकेको समेत उनको दावी छ । उनले लगानी र लगानीकर्तालाई सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवम् विदेशी लगानीकर्तालाई आग्रह समेत गरे ।

गृहमन्त्री अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतिको विषयलाई मन्त्रालयले गम्भीर रुपमा लिएको बताए । मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको भन्दै उनले यसमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताए ।

उद्योगमन्त्री सिन्हाले सरकारी निकायमा रोकिएका काम सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको दावी गरे । कानुन नै सुधार गर्नुपर्ने बाहेक प्रक्रियागत सुधारलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानीकर्ता र विकासकर्ताका लागि सहज वातावरण बनाउन बोर्ड सक्रिय रहेको बताए । उनका अनुसार बोर्डले लगानीकर्ताका लागि एकल बिन्दु सेवा प्रणाली लागु गर्दैछ ।

यस अन्तर्गत कुनै पनि निजी लगानीकर्ताले लगानी बोर्डमा सिधै आयोजना दर्ता गर्न सक्नेछन् । आयोजनाको स्वीकृति प्रक्रिया एकीकृत रुपमा एकल बिन्दु सेवा मार्फत अगाडि बढ्ने उनले जानकारी दिए ।





Read More