― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsसमयमै निर्वाचन हुनेमा कूटनीतिक समुदायलाई आश्वस्त पार्ने प्रधानमन्त्रीको प्रयास

समयमै निर्वाचन हुनेमा कूटनीतिक समुदायलाई आश्वस्त पार्ने प्रधानमन्त्रीको प्रयास



३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सरकारले समयमै निर्वाचन गर्ने विषयमा आश्वस्त पार्ने प्रयास गरेकी छन् ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयको हलमा काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा अन्य कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई ‘डिप्लोम्याटिक ब्रिफिङ’ दिँदै उनले यो अन्तरिम सरकारको एकल र कुनै सम्झौता गर्न नसकिने कार्यभार २१ फागुनमा चुनाव गर्नु रहेको उनले बताइन् ।

निर्धारित मितिमा चुनाव नहुने हो कि भनेर समाजका विभिन्न तप्काले शंका व्यक्त गरिरहेको अवस्थामा सरकारका तर्फबाट प्रधानमन्त्रीले त्यस्तो प्रतिबद्धता गरेकी हुन् ।

‘यो गैर–राजनीतिक र संक्रमणकालीन सरकारको एउटै मात्र र सम्झौता गर्न नसकिने जनादेश के हो भने २१ फागुनमा प्रतिनिधि सभाका लागि स्वतन्त्र, भयरहित र निष्पक्ष आम निर्वाचन सम्पन्न गर्नु हो,’ कार्कीले कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित कार्यक्रममा विशेष जोड दिएर भनिन् ।

त्यति मात्रै होइन, आफ्नो सरकारको अधिकतम् अवधि ६ महिना मात्रै रहेको र त्यसपछि प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण गर्ने कुरामा आफू प्रतिबद्ध रहेको पनि उनले बताइन् ।

यो सरकार कुनै राजनीतिक एजेन्डा अगाडि बढाउन नभइ नयाँ र वैध राजनीतिक शक्तिलाई मार्गप्रशस्त गर्न आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले बहुदलीय प्रजातन्त्रप्रति सरकारको प्रतिबद्धतालाई पुन दोहोर्‍याइन् ।

‘बहुदलीय प्रजातन्त्र हाम्रो राजनीतिक प्रणालीको आधारशिला हो । यहाँबाट अघि बढ्नका लागि लोकतान्त्रिक मूल्य मान्यताको पालना नै एकमात्र व्यावहारिक बाटो हो,’ उनले भनिन् ।

सरकारले आफ्नो सम्पूर्ण ध्यान निर्वाचनको तयारीका लागि लगाएको उनको भनाइ थियो ।

‘हाम्रो सम्पूर्ण ध्यान र राज्यका संसाधनहरू सुरक्षा, कानूनी प्रबन्ध तथा व्यवस्थापकीय तयारीलगायत विश्वसनीय निर्वाचनको वातावरण बनाउने काममा केन्द्रित गरेका छौं । निर्वाचन आयोगलाई अझै सशक्त बनाउँदै छौं, सुरक्षा व्यवस्थामा सुधार गरिरहेका छौं,  राजनीतिक दल, जेन–जीका प्रतिनिधिहरूलगायत सरोकारवालासँग संवाद गरिरहेका छौं,’ उनले भनिन् ।

‘धेरै ठाउँमा जनता आफैंले क्षतिग्रस्त प्रहरी चौकीहरूको मर्मतमा सहयोग गरिरहेका छन्, हामी आन्दोलनका बेला हराएका वा चोरी भएका हतियार र उपकरणहरू तत्कालै फिर्ता ल्याउन जुटिरहेका छौं,’ उनले भनिन् ।

अस्थायी रूपमा विदेशमा बसिरहेका नेपाली नागरिकले सार्वभौमिक मताधिकारको प्रयोग गर्न पाउने गरी बाह्य मतदान प्रणालीको सम्भावना खोजिरहेको पनि उनको भनाइ थियो ।

साथै, यसअघि जस्तै निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय समुदायलाई उनले आग्रह पनि गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले संकेतिक रुपमा काठमाडौँमा फेरि सफा आकाश र रमाइलो मौसम फर्केको भन्दै भाषण सुरु गरेकी थिइन् ।

गत महिनाको जेनजीको अभूतपूर्व आन्दोलनपछि नेपाल महान राजनीतिक परिवर्तनको संघारमा रहेको उनले बताएकी थिइन् ।

जनजी आन्दोलनले सुशासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीप्रति जनताको गहिरो आकांक्षा पनि झल्काएको उनको भनाइ थियो ।

गत महिना यो सरकार बनेपछि प्रणालीभित्र भ्रष्टाचार र कुशासनका ठूला चुनौतीहरूलाई उजागर गरेको उनको भनाइ थियो । साथै, सुधारका सम्भावनाहरू पनि पत्ता लगाएको उनले बताइन् । ‘यो गुमेको विश्वास पुनआर्जन गर्ने, संस्थाहरू सुदृढ पार्ने, र शासकीय कामहरूलाई थप पारदर्शी र जनमुखी सेवातर्फ लैजाने अवसर हो,’ उनले भनिन् ।

निर्वाचनमा केन्द्रित रहँदारहँदै पनि संकटपछिको आर्थिक पुनर्स्थापनामा सरकारले ध्यान दिएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले भाषणका क्रममा अघिल्ला प्रधानमन्त्रीको राजीनामा र प्रतिनिधि सभाको विघटनपछि आफ्नो नेतृत्वमा १२ सेप्टेम्बरमा अन्तरिम सरकार बनेको बताएकी थिइन्, जुन कुरा तथ्यगत रुपमा त्रुटि थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् भने उनकै सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेका थिए ।

यस विषयमा जिज्ञासा राखेपछि परराष्ट्र मन्त्रालयले त्यस भनाइमा तथ्यगत त्रुटि भएको भन्दै आफ्नो वेबसाइटमा राखेको भाषण सच्याएको छ ।

सरकारले सुशासनको प्रदर्शनमा सबैभन्दा उच्च मापदण्ड तय गर्ने पनि उनले बताइन् । ‘सरकारले वास्तवमा कसरी कार्यकुशल, पारदर्शी  र उत्तरदायी रूपमा काम गर्न सक्छ भन्ने उदाहरण देखाउन सकिने गरी कार्यप्रदर्शन गर्ने छौं,’ उनको प्रतिबद्धता थियो ।

सरकारले हालैको हिंसाका कारण र तथ्य पहिचान गर्न स्पष्ट म्यान्डेटसहित न्यायिक छानबिन आयोग गठन गरेको जानकारी पनि उनले जानकारी गराएकी थिइन् । उच्च तहका भ्रष्टाचारका आरोपहरूको विश्वासनीय र निष्पक्ष छानबिन गर्न सरकारले तत्काल कदम चाल्दै कोही पनि कोही पनि कानुनभन्दा माथि छैन छैन भन्ने कुरा स्थापित गर्न लागेको पनि उनले बताइन् ।

साथै, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पंचशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताबाट निर्देशित परराष्ट्र नीतिप्रति आफू प्रतिबद्ध रहेको पनि उनले बताइन् ।

संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा सबैभन्दा ठूलो फौज पठाउने देशका रूपमा नेपालले गर्व गर्ने पनि उनले बताइन् । ‘यो सानो भए पनि विश्व शान्तिका लागि अर्थपूर्ण योगदान हो,’ उनले बताइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More