काठमाडौं, वैशाख ५
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज दिउँसो पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि सभामुख अर्यालले औपचारिक रुपमा आफ्नो पदभार ग्रहण गरे ।

