राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनको लागि उम्मेदवारले मनोनयन शुल्क बुझाउनुपर्ने भएको छ।
- सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्ने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए।
- उपसभापति र महामन्त्री पदका उम्मेदवारले २५ हजार, सहमहामन्त्रीले २० हजार र केन्द्रीय सदस्यले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन्।
२९ पुस काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।
त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।
सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

