― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsसन्नी लियोनी काठमाडौंमा – KhabarHost

सन्नी लियोनी काठमाडौंमा – KhabarHost



२६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन् । होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १:३० बजे अवतरण भएको थियो ।

विमानस्थलमा मिडियासँग संक्षिप्त कुरा गर्दै लियोनीले नेपालको प्राकृतिक सौन्दर्यले मोहित हुने गरेको बताउँदै समय मिलाएर परिवारसहित घुम्न आउने प्रतिक्रिया दिइन् ।

सो क्यासिनोले बिहिबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

क्यासिनो उद्घाटन, पशुपतिनाथ दर्शन, नेकपा संयोजक पुष्पकमल दाहाल र नेपाली कलाकारसँगको भेटसहितको ब्यस्ततापछि दत्त नीजि विमानमा शुक्रबार नयाँ दिल्ली फर्किएका छन् ।

कामको कुरा गर्दा, लियोनी चर्चित भारतीय टिभी रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’ को पाँचौ सिजनको होस्टिङमा ब्यस्त छिन् । अनुराग कश्यपसँगको पछिल्लो फिल्म ‘केनेडी’ ले चर्चा बटुलेको थियो ।

यसबाहेक, उनले हालै ‘ब्यूटी विथ फ्रागरेन्स’ नामक सौन्दर्य प्रशाधनको व्यवसाय पनि लन्च गरेकी छिन् । नेपालमा पनि उनको फ्यान फ्लोइङ धेरै रहेको देखिन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More