― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsसदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभूति हुन सक्दैन : पन्त –...

सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभूति हुन सक्दैन : पन्त – KhabarHost



१९ माघ, काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभूति हुन नसक्ने बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न मुहानबाटै निरोधात्मक उपाय अपनाउनुपर्ने बताइन् ।

साथै, शासकीय सुधारका प्रवर्द्धनात्मक क्रियाकलाप कार्यान्वयन गर्न सदाचार नीति आवश्यक रहेको उनको भनाइ थियो ।

‘सदाचारमैत्री शासन प्रणाली स्थापना नगरी सुशासनको प्रत्याभुति हुन सक्दैन । देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न मुहानबाट नै निरोधातमक उपाय अपनाउने र शासकीय सुधारका प्रवर्द्धनात्मक क्रियाकलाप कार्यान्वयन गर्ने माध्यमका रुपमा सदाचार नीतिको आवश्यकता देखिएको छ,’ उनले भनिन् ।

विगतमा सरकारले राष्ट्रिय सदाचार नीति लागू गर्ने प्रयास गरे पनि सरोकारवालासँग पर्याप्त छलफल र सहमति नजुट्दा हालसम्म नीति कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

‘सरकारले विगतमा राष्ट्रिय सदाचार नीति लागू गर्ने  प्रयास गरेको भएपनि सरोकारवालासँग पर्याप्त छलफल र सहमति जुटाउन नसक्दा उक्त नीति हालसम्म पनि लागु हुन सकेको छैन । यसमा व्याप्त आर्थिक अनुशासनहीनता, अनियमितता एवं बढ्दो भ्रष्टाचारका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुन सकेको छैन,’ उनले भनिन् ।





Read More