― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsसत्ता चलखेलमा एमालेले गुमायो तीन पद, लाभान्वित भए कांग्रेसका कृष्णप्रसाद

सत्ता चलखेलमा एमालेले गुमायो तीन पद, लाभान्वित भए कांग्रेसका कृष्णप्रसाद



१९ मंसिर, जनकपुरधाम  । २९ असोज साँझ ५ बजेतिर मधेश प्रदेश प्रमुख कार्यालयको अवस्था तनावग्रस्त थियो । नेपाली कांग्रेससहित एमालेका नेता कार्यकर्ताले कृष्णप्रसाद यादवलाई नियुक्ति दिनुपर्ने माग गरेका थिए ।

६ दलीय गठबन्धनबाट लोसपाका नेता जितेन्द्र सोनल पनि मुख्यमन्त्रीका लागि खडा भएका थिए । त्यसदिन कृष्ण यादव पुरानो मितिमा जनमतले दिएको समर्थनसहित ५७ सांसदको दाबी लिएर गएका थिए । ६ दलीय मोर्चाबाट सोनलले जनमत पार्टीको ताजा समर्थनसहित ५६ सांसदको पत्र लिएर गएका थिए । तर प्रदेश प्रमुख सावित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री बनाइन् ।

कृष्ण यादवको मुख्यमन्त्री बन्ने योजना त्यसबेला सफल भएन । त्यही प्रदेश प्रमुख कार्यालयमा झन्डै २ महिनापछि शुक्रबार साँझ ५ बजेको अवस्था फरक थियो । कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त गरेपछि ६ दलका सांसद र नेताकार्यकर्तासमेत उत्सहित थिए । कृष्ण यादव जिन्दावाद, सातदलीय गठबन्धन जिन्दावादको नारा लगाइरहेका थिए ।

साढे दुई महिना अघि सोनललाई मुख्यमन्त्री बनाउन सघाएका ६ दल आज कृष्णप्रसाद यादवलाई पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न ४ बजेतिर मुख्यमन्त्री कार्यालय नै पुगेका थिए ।

कांग्रेसका अलावा जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । एक सिटे नागरिक उन्मुक्तिको समर्थन भए पनि सांसद अनुपस्थित थिएनन् ।

मुख्यमन्त्री बन्ने यो अवसर एमालेले ठूलो दलका आडमा गरेको चलखेल र कांग्रेसले गठबन्धन फेर्दा जुटेको छ । २२ कात्तिकमा सोनलले विश्वासको मत लिने/दिनसम्म कांग्रेस एमाले सँगसँगै थिए ।

सत्ता गठबन्धनका ६ दल मध्ये जनमतका पूर्वमुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह अनुपस्थित र माओवादीका सांसदद्वय रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने अडान लिएका थिए ।

अंसारी र कर्णलाई मनाउन सोनलसहितका नेताहरू लागिरहेका थिए । यता सभामुख रामचन्द्र मण्डलले सदन सुरु गर्दै विभाजन घण्टी बनाए ।

कांग्रेस र एमालेका सांसद विपक्षमा हस्ताक्षर गर्न थाले । सोनलले एकछिन रोक्न भने तर एमाले र कांग्रेसका सांसदले प्रक्रिया अघि बढाउन दबाब दिएका थिए । बाध्य भएर सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

एमालेले ठूलो दलको हैसियतमा २३ कात्तिकमा चलखेल गर्न थाल्यो । सभामुख र प्रदेश प्रमुखले धारा १६८ को ३ जाने लागेर कांग्रेस ६ दलीय गठबन्धनमा जोडियो । संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन हुनुपर्ने माग राखेर अगाडि बढे । आज त्यसकै साइत कांग्रेसलाई जुरेको छ ।

लामोसमयदेखि मुख्यमन्त्री बन्ने दाउमा रहेका कांग्रेस संसदीय दलका नेता कृष्ण यादवको चाहना अन्ततः पूरा भएको छ । उनले आइतबार शपथ लिनेछन् ।

मुख्यमन्त्री बन्नका लागि विगतमा उनले पटक पटक कोसिस गरेका थिए । तर पार्टी केन्द्रको संकेत नपाएका कारण उनी अघि बढ्न सकेका थिएनन् ।

बिहीबार र शुक्रबार पनि सातदलीय गठबन्धनमा मुख्यमन्त्रीका लागि लामो रस्साकस्सी चलेको थियो । यादव र सोनल आफ्नै अडानमा थिए ।

उत्ता एमाले संसदीय दलका नेता सरोजकुमार यादवले अब बन्ने कुनै पनि दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने पासा फालेका थिए । यसले कांग्रेसलाई बल पुगेको थियो । यादवलाई नदिए गठबन्धन फुटेर अर्को समीकरण बन्ने डर थियो । र अन्ततः सात दलयीय गठबन्धनलाई मनाएर यादवलाई नै मुख्यमन्त्री बनाउन सहमत भएको एक सांसदले बताए ।

‘जसरी पनि सातलीय गठबन्धन बचाउनु थियो । कांग्रेस बाहिरिँदा अर्को समीकरण बन्ने डर थियो । त्यस कारण अन्ततः कांग्रेसका नेता यादवलाई नै मुख्यमन्त्री बनाउन सबै सहमत भयो’ उनले भने ।

मन्त्रालयको भागबन्डा भने बाँकी छ । मुख्यमन्त्री यादवले भोलि पद तथा गोपनीयताको सपथ लिने जनाइएको छ ।

नियुक्तिपछि मुख्यमन्त्री यादवले सातदलीय गठबन्धन भित्र समन्वय सहकार्य कायम राख्दै  भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो भूमिका रहने बताए ।

‘दलहरुको समन्वय सहकार्य गर्दै सुशासन कायम गर्छु । आर्थिक गतिविधि बढाउँछौं । प्रदेश गरिब छ,’ उनले भने, ‘कृषि क्षेत्रमा समस्या छ । शिक्षा स्वास्थ्यमा पनि काम गर्छौं ।’

को हुन् कृष्णप्रसाद यादव ?

२०७९ सालको प्रदेशसभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ ‘ख’ बाट निर्वाचित यादव कांग्रेसका मधेश प्रदेश सभापति समेत छन् । रौतहटको गढीमाई नगरपालिका–८ स्थित बरियारपुरमा ९ भदौ २०२४ मा जन्मिएका यादव कृषिमा स्नातक गरेका हुन् ।

दोस्रो कार्यकालमा सुरुमै जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बन्दा कृष्णप्रसाद भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । यादव संस्थापन पक्षका नेता हुन् । उनी कांग्रेस सहमहामन्त्री महाहन्त्री महेन्द्र यादवका सम्धी पनि छन् ।

२०४६ सालको आन्दोलनपछि नै कांग्रेसको सक्रिय राजनीतिमा लागेका कृष्णप्रसाद २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनी २०६७ सालदेखि लगातार दुई पटक पार्टीको रौतहट जिल्ला सभापति समेत भइसकेका छन् ।

बुवा रामचन्द्र यादवको राजनीतिकर्मी भएको प्रेरणाले कृष्ण प्रसादले पनि राजनीतिमा चासो राख्न थालेका थिए । उनका बुबा रामचन्द्रले २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्ष जितेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More