― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsसत्ताको किचलोले मधेश अशान्त, एमाले र सातदलीय गठबन्धन आमनेसामने

सत्ताको किचलोले मधेश अशान्त, एमाले र सातदलीय गठबन्धन आमनेसामने



१ मंसिर, जनकपुरधाम । सरकार गठनसँग सम्बन्धी विवाद चर्किंदा मधेश प्रदेश एक सातादेखि अशान्त छ । सातदलीय गठबन्धनले आन्दोलनलाई क्रमश: उग्र पार्दै लगेको छ ।

सरकार र सभामुखविरुद्ध सडक धर्ना, प्रदर्शन तथा प्रदेशसभा घेराउजस्ता कार्यक्रमलाई उनीहरूले निरन्तरता दिइरहेका छन् । मधेश भवन अगाडि भएका आन्दोलनका कारण मुख्यमन्त्रीसहित मन्त्रालय र मातहतका कार्यालयहरूको कामकाज पनि ठप्प छन् ।

संविधानको धारा १६९ को उपधारा ३ अनुसार ठूलो दल एमालेको दलको नेताको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई असुरक्षित महसुश गरिरहेका छन् ।

सुरक्षा जोखिमका कारण उनी सहजै बाहिर आवतजावत गर्न समेत पाएका छैनन् । गत शनिबार प्रदेशवासीको नाममा सम्बोधनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमै उनले आफूलाई ‘सुरक्षा थ्रेट’ रहेको दाबी गरेका थिए ।

‘मसँग नेपाली सेनाकै सुरक्षा छ । तर हामीलाई सुरक्षा निकायकै रिपोर्टिंङ अनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरूमा  अलि कम गर्नु पर्‍यो । सिमित कार्यक्रमहरू राख्नु पर्‍यो । अलिकता सुरक्षा चुनौती छ । अलि संवेदनशील भइदिनपर्‍यो भनेर आइसकेपछि मैले यी विषयवस्तुहरू कसलाई भन्ने’ मुख्यमन्त्री यादवले भनेका थिए । उनको संकेत आन्दोलनकारी सातदलबाट आफूलाई सुरक्षा चुनौती रहेको खुलाएका थिए ।

‘सुरक्षा थ्रेट मलाई कोबाट हुन्छ ? अरु जनताहरूबाट हुँदैन । आन्दोलनकारीबाट नै हुन्छ । त्यस कारण म सुरक्षित छैन भने अन्य व्यक्ति झन् सुरक्षित हुन सक्दैनन् । मलाई आक्रमण गर्दा मेरा समर्थक र पार्टीका कार्यकर्तामाथि उहाँहरूले आक्रमण नगर्ला भन्न सकिन्नँ’ मुख्यमन्त्री यादवको गुनासो थियो ।

सुरक्षा निकायहरूले पनि मधेश प्रदेशको सुरक्षा अवस्था गम्भीर बन्दै गएको मूल्याङ्कन गरिरहेका छन् । राजनीतिक तनावका कारण सात दल र एमालेबीच प्रत्यक्ष भिडन्तको अवस्था बनेको छ ।

कार्तिक २७ गते प्रदेशसभामा ठूलो तनाव उत्पन्न भएको थियो । मुख्यमन्त्री यादव काठमाडौंबाट फर्केपछि सयौं आफ्ना समर्थक उतारेर जनकपुरम शक्ति प्रदर्शन गरेका थिए ।

सात दल सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न जाँदा एमालेका नेताकार्यकर्ताले समेत अवरोध गरेका थिए ।  उपसभामुखको हस्ताक्षरमा महाभियोग दर्ता गरिएको थियो ।

सातदलीय गठबन्धनका सांसदहरूलाई करिब २ घण्टा उपसभामुखको कार्यकक्षमा बसेका थिए, त्यही बेला उनीहरूलाई त्यहाँबाट बाहिर निस्किन अवरोध भएको थियो ।

यस क्रममा सभामुख मण्डलसहितले आफूहरूमाथि कुटपिट गरेको आरोप लोसपाका सांसद उपेन्द्र महतो, जनमतका नेता महेशप्रसाद यादव र जसपा नेपालका सांसद राजकुमार गुप्ताले सार्वजनिक गरेका थिए। प्रहरीको सहयोगमा मात्र उनीहरू बाहिरिएका थिए ।

प्रतिशोधमा सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका १ सांसदलाई १० बैठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेपछि सातदलीय गठबन्धन झन् आक्रोशित बनेको छ । सर्वोच्च अदालत पुगेका उनीहरूको पद यथास्थितिमा राख्दै कारण देखाउ आदेश जारी गरेको छ ।

एमालेबाट सभामुख बनेका मण्डल उक्त घटनापछि हाल सार्वजनिक कार्यक्रमहरूमा सक्रिय देखिँदैनन् । गत शनिबार सातदलीय गठबन्धनले सभामुखविरुद्ध प्रदेशसभा घेराउ गरेको थियो भने उपसभामुखको अध्यक्षतामा चौरमा ७४ सांसदको उपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गरिएको थियो ।

जेनजी आन्दोलन पश्चात प्रहरीको मनोवल खसेकै अवस्थामा मधेशमा राजनीति माहोलले मुठभेडको स्थिति छ । सात दल र एमाले आमने सामने हुने स्थिति छ, यो एउटा सुरक्षा चुनौतीको रुपमा रहेको मधेश प्रदेशका एक प्रहरी अधिकारी बताउँछन् ।

‘सात दल एक तर्फ छ, एमाले अर्को तर्फ । पछिल्लो घटनाक्रमले दुबै पक्ष जुध्न सक्ने सम्भावना देखिन्छ । त्यसकारण मधेशको राजनीतिक घटनाक्रमले सुरुक्षा चुनौती थपेको छ,’ उनले भने ।

यसबारे सुरक्षा निकाय सचेत छ । पुराना पार्टीहरू र जेनजीहरू भित्र पनि एकअर्कालाई स्वीकार्ने स्थिति देखिँदैन । यसले मधेशमा द्वन्द्व बढ्दै गए उनीहरूप्रति वितृष्णाको भीड सडकमा आउन सक्ने सम्भावना पनि छ ।

जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको दाबी गर्दै एमालेले असंवैधानिक कदम चालेर मुठभेड गर्न खोजिरहेको आरोप लगाउँछन् । ‘सातदलीय गठबन्धनले शन्तिपूर्ण आन्दोलन र न्यायलयबाटै समाधान चाहन्छ । तर असंवैधानिक कदम एमालेले चालेर होटेलमा शपथ, सभामुखले प्रतिशोध राखेर सांसदलाई पदमुक्त गरेर गर्न चाहेको हो’ उनले भने ।

उनले मुख्यमन्त्री सरोज यादवले आफूलाई आन्दोलनकारीबाट सुरक्षा थ्रेट भन्नु सरासर गलत रहेको दाबी गरे । अब कुनै असंवैधानिक कदम एमालेले चाले मुठभेड उसैले निम्त्याउने चेतावनी सातदलीय गठबन्धनका नेताहरूको छ ।

नेकपा एमालेले शान्तिपूर्ण र संवैधानिक प्रक्रियाबाट निकास चाहेको नेताहरू बताउँछन् । ‘हामी मुठभेडको पक्षमा छैन । एमाले सदैव संवैधानिक प्रक्रिया मार्फत मात्र अघि बढ्न चाहन्छ’ एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल भन्छन् ।

सातदलीय गठबन्धनले नै घटना घटाएको अध्यक्ष मण्डलको जिकिर छ । ‘सातदलीय गठबन्धनलाई अस्ति हेर्नु नै भयो । मुख्यमन्त्री कार्यालयमा जुन प्रकारले क्षति, राष्ट्रिय झण्डा फाल्ने काम गर्‍यो । त्यो सबैको सामुन्ने छ । एमाले शान्तिपूर्ण ढंगबाट अघि बढ्छ,’ मण्डलको तर्क छ ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलिया एक राजनीतिक दल अर्काको विरुद्धमा गर्दा सुरक्षामा फरक पर्ने बताउँछन् । यद्यपी यसप्रति प्रहरी सचेत रहेको उनको भनाइ छ ।

‘एक राजनीतिक दलले अर्को राजनीतिक दलको विरुद्धमा कार्यक्रम गर्दा अलिअलि सुरक्षामा फरक त परिहाल्छ’ उनले भने ।

मुख्यमन्त्री नियुक्त विवादमै दुई पक्ष भइरहेको र त्यसको कारण सिर्जित घटनाक्रमले केही असर पर्ने भएपनि ठूलो सुरक्षा थ्रेट प्रहरीले महसुस नगरेको उनको दाबी छ ।

‘अलिअलि असर त पार्न सक्छ । त्यस्तो ठूलो सुरक्षा थ्रेट भएको हामीले महशुस गरेको छैन । आवश्यक्ता अनुसार हामीले सुरक्षा व्यवस्था मिलाएका छौं । भीआइपीहरूलाई दिनुपर्ने सुरक्षामा अलि मजबुतै बनाएका छौं,’ उनले भने ।

हुन त मधेशमा एमालेमाथि बेलाबेला निषेधको राजनीति पनि हुन्छ । संविधान जारीको मुखमा भएको मधेश आन्दोलन २०७२ मा ६ महिनासम्म एमालेका सांसद र उच्च ओहदाका नेताहरूलाई प्रवेश निषेध गरिएको थियो ।

नेकपा एमाले अध्यक्ष ओलीले मधेश आन्दोलन विषयमा दिएको तिक्ततापूर्ण अभिव्यक्तिले मधेशवादी दलसहित मधेश जनतामा व्याप्त असन्तुष्टि थियो ।

त्यसमा पनि आन्दोलनको क्रममा मारिएका नागरिकलाई आँपसँग तुलना गरेको अभिव्यक्ति जलेको आगोमा घिउ हालेकै बराबर भयो । तिक्तता कायम रह्यो ।

एमालेले मधेश छिर्न तराई मधेशकेन्द्रित मेची–महाकाली अभियान चलायो । त्यस अन्तर्गत सप्तरीको मलेठमा सभा गर्ने क्रममा २०७३ फागुन २३ मा स्थानीयले प्रतिवाद गरे । झडपमा प्रहरीले चलाएको गोली लागेर ५ जनाले ज्यान गुमाएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More