काठमाडौं, २० पुस
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्
राजिनामा पत्रमा मन्त्री खरेलले वर्तमान सरकारको स्वतन्त्र चरित्रलाई ध्यानमा राखेर पार्टी राजनीतिको मैदानमा आउनुअघि नै राजीनामा दिएको बताएका छन् ।
“देशको वर्तमान आवश्यकता, लोकतान्त्रिक व्यवस्थाको दीर्घकालीन सुदृढीकरण र जनताको अपेक्षालाई ध्यानमा राख्दै पार्टीको राजनीतिमा थप सक्रिय र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने निर्णय गरेको छु । वर्तमान सरकारको स्वतन्त्र पहिचान जोगाउनुहोस्,” राजीनामा पत्रमा लेखिएको छ।

