― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsसंसारकै ‘उदार मालिक’, जो आफ्ना कर्मचारीलाई दिन्छन् कार र घर उपहार

संसारकै ‘उदार मालिक’, जो आफ्ना कर्मचारीलाई दिन्छन् कार र घर उपहार


राष्ट्रिय

समाचार.

  • सावजी ढोलकिया, प्रसिद्ध भारतीय हीरा व्यापारी, आफ्ना कर्मचारीहरूलाई महँगा कार र घर उपहार दिएर उदारता देखाउँछन्।

उनी भन्छन्, मैले जीन्दगीमा धेरै पढ्न सकिनँ । त्यही भएर आजकल दैनिक पढ्छु । बुढ्यौली उमेरमा पढ्ने उनको बानी त छँदैछ, त्योभन्दा बढ्दा उनी सफलता र त्यागका लागि छन् । उनी हुन्, सावजी ढोलकिया । प्रसिद्ध भारतीय हीरा व्यापारी र समाजसेवी । विशेषगरी उनी आफ्नो कम्पनी ‘हरि कृष्ण एक्सपोर्ट्स’का कर्मचारीहरूलाई दिइने उदार बोनसका कारण विश्वभर चर्चित छन् ।

उनी आफ्ना कर्मचारीहरूलाई सर्वोपारी ठान्छन् । उनीहरूलाई साधारण कामदारका रूपमा मात्र हेर्दैनन् । कम्पनीको वास्तविक मेरुदण्ड र परिवारको सदस्यझैं मान्छन् । व्यावसायिक साझेदार नै सोच्छन् । त्यसैले त कर्मचारीहरूमा अपनत्वको भावना जागृत गराउन उनले महँगा कार र घरहरू उपहार दिने परम्परा सुरु गरे ।

त्यो कदमका कारण कर्मचारीहरूले साँच्चै नै ढोलकियाको कम्पनीलाई आफ्नै घरजस्तै ठान्छन् । जसको नतिजा अनेकन् कोणहरूबाट समेत देखिसकिएको छ । कतिपयले उनलाई ‘संसारकै सबैभन्दा उदार साहु’ पनि भन्ने गर्छन् ।

व्यापारिक सफलताका अतिरिक्त सावी ढोलकिया वातावरण संरक्षण र समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले गुजरातका सुख्खा प्रभावित क्षेत्रमा पानीको संकट समाधान गर्न ७५ भन्दा बढी तालहरूको निर्माण गराएका छन् । लाखौँ वृक्षारोपण अभियानको नेतृत्व गरेका छन् । सामाजिक सेवा र जल संरक्षणमा पुर्‍याएको यही विशिष्ट योगदानको कदर गर्दै उनलाई भारत सरकारले सन् २०२२ मा प्रतिष्ठित पद्म श्री पदकबाट सम्मानित गरेको थियो ।

तर, त्यो हैसियतमा सावजी ढोलकिया जसरी पुगे, त्यो आफैंमा कम्ता प्रेरणादायी छैन !

उनको सुरुआती जीवन अहिलेको जस्तो राम्रो थिएन । उनको जन्म अत्यन्तै सामान्य पृष्ठभूमिको घरमा भएको थियो । १२ अप्रिल १९६२ का दिन उनी गुजरातको अमरेली जिल्लाको धुधाला गाउँमा जन्मिएका थिए । परिवारको मुख्य आम्दानी खेतीकिसानी थियो । त्यसबाट आर्थिक अवस्था राम्रो बन्ने अवस्था पक्कै थिएन ।

गरिबीसँग उठेको थियो, उनको बाल्यकाल । र, त्यही गरीबीका कारण उनले औपचारिक शिक्षालाई समेत लामो समय निरन्तरता दिन सकेनन् । चार कक्षा नपुग्दै उनले विद्यालय छोड्न बाध्य हुनुपर्‍यो । त्यसबेला उनी जम्मा १३-१४ वर्षको थिए ।

पढ्न छाडेपछि उनी जीविकोपार्जनका लागि गुजरातको हीरा प्रशोधन केन्द्र सूरततर्फ लागे । एक्लै, खल्तीमा एक सुका पनि नभएको अवस्थामा उनी सूरत पुगेका थिए । त्यहाँ उनी आफ्ना काकाको हीरा व्यवसायमा संलग्न भए । त्यसबेला उनीसँग हीरा व्यवसायमा काम गर्नका लागि सीप पनि थिएन ।

आफ्नो गुजारा चलाउन उनले सकेजतिको सबै काम सिके । कारखानाको भुइँमा सुतेर पनि काम गरे । त्यति गर्दा पनि उनले काम नपाउने, पाए पनि ज्याला ढिलो पाउने जस्ता समस्या पनि भोग्नुपर्‍यो । यी चुनौतीका बाबजुद उनलाई परिवारको साथ, विशेष गरी उनकी आमाको, कहिल्यै पनि छुटेन । उनलाई आमाले सधैं परिश्रम, नैतिक आचरण, करुणाको महत्त्व सिकाइरहिन् । आमाको त्यही गुणका कारण उनले गरिबहरूलाई कहिल्यै पनि गरिब मात्र देखेनन् ।

त्यसरी अभावसँग लड्दै, भविष्यसँग डर मान्दैमान्दै सावजी ढोलकियाले सूरतमा आफ्ना काकासँग काम गरिरहे । हीराको व्यवसायका महत्त्वपूर्ण पक्षहरू, जस्तै निर्माण र विक्री, सिक्न लागि परिरहे ।

अलि पछि उनलाई भाइहरू हिम्मत र तुलसीले साथ दिए । र तीनै जना मिलेर सन् १९८४ मा आफ्नै हीरा व्यवसायको थालनी गरे । त्यसको केही वर्षपछि उनका कान्छा भाइ घनश्याम पनि जोडिन आइपुगे ।

त्यसपछि उनीहरूले सन् १९९२ मा मुम्बईमा हीरा निर्यात गर्ने कार्यालय खोले । त्यसै वर्ष चारै जना मिलेर हरि कृष्ण एक्सपोर्ट्स नामक हीरा कम्पनी औपचारिक रूपमा स्थापना गरे । त्यसबेला देखि उनीहरूले हीरा खोज्ने, त्यसलाई प्रशोधन गर्ने र विक्री वितरण गर्दै आइरहेका छन् ।

जसको सफलताको स्वाद उनीहरूले सुरुमै चाखे पनि । किनकि कम्पनी खोलेको अर्को वर्ष नै उनीहरूले करिब एक करोड भारु भन्दा बढीको कारोबार गरेका थिए ।

सन् २०१४ सम्म आइपुग्दा त उनीहरूको कम्पनी ९ हजार बढीलाई प्रत्यक्ष रोजगार दिने भइसकेको थियो । अनि देशकै प्रमुख हीरा निर्यात कम्पनी ।

स्थापनाकालदेखि नै हरि कृष्ण एक्सपोर्ट्सको सफलता व्यापार विस्तारमा मात्र सीमित रहेन । गुणस्तर, नैतिकता र दिगो विकासको मापदण्डसँग पनि यो कम्पनी जोडियो ।

जसको गतिलो उदाहरण त कम्पनीले कर्मचारीहरूलाई दिने कार, घर उपहार हो । यस्तो परम्पराको सुरुवात कम्पनीले सन् २००२ देखि थालेको थियो । जुन आजपर्यन्त कायम नै छ । त्यसबेला कम्पनीले पहिलो पटक वार्षिक कारोबार भारु १०० करोड कटाएको थियो ।

हालसम्म उनले कति गाडी, घर उपहारमा दिए, स्पष्ट तथ्याङ्क छैन । तर केही भारतीय सञ्चार माध्यमहरूका अनुसार सावजी ढोलकियाले सन् २०१४ मा ५०० कार, २०० फ्ल्याट, २०१५ मा १,२०० बढी कर्मचारीलाई घर/कार, २०१६ मा १२०० बढी कार र ४०० फ्ल्याट, २०१८ मा ६०० बढी कार दिएका थिए । बाहिर नआएका तथ्यांक त कति छन् कति !

सामान्य मालिकहरूभन्दा बिल्कुल फरक प्रवृत्तिका उनी अजीव लाग्छन् ।

एक फेर उनले धनको मूल्य र श्रमिकको कठिनाइ बुझाउन आफ्ना छोरा र भतिजाहरूलाई घरबाहिर निकालेका थिए, असाध्यै थोरै पैसा दिएर । केही सर्तहरू राखेर ।

उनीहरूलाई उनले आफ्नो नाम वा प्रभाव प्रयोग गर्न पूर्णरूपमा निषेध गरेका थिए । एक हप्ताभन्दा बढी एउटै ठाउँमा काम गर्न नपाउने निमय बनाइदिएका थिए । यी सब गर्नुको कारण, आफ्नो पछिल्लो पुस्ता पनि आफू जस्तै होउन् भन्ने थियो ।

कालान्तरमा त्यसको नतिजा पनि देखिएला । तर, कुनै कर्मचारीका लागि सावजी ढोलकिया जस्तो मालिक पाउनु सपनाकै कुरो हो । आखिरमा उपहार दिएर ढोलकियाले मनोवृत्तिमा लगानी गरेका न हुन् । र, एउटा कर्मचारीको अपेक्षा पनि आफ्नो कामको राम्रो मूल्याङ्कन न हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More