काठमाडौं, वैशाख ५
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ, जसमा डोलप्रसाद अर्याललाई सभामुख चयन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार तोकिएको समयसीमाभित्र उम्मेदवारी दिने उनी एक्लो उम्मेदवार थिए।
अर्यालको उम्मेदवारीलाई पार्टी अध्यक्ष रवि लामिछानेले प्रस्ताव गरेका थिए भने सांसद शोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए।
राष्ट्रिय सभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ, जहाँ समितिको सदस्यता हेरफेर र अध्यक्षका लागि मनोनयन गरिने छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष २०८१/८२ को महिला आयोगको वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यक्रम छ।

