― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsसंघीय संसद् भवनको काम समयमै सक्न सभामुख घिमिरेको निर्देशन

संघीय संसद् भवनको काम समयमै सक्न सभामुख घिमिरेको निर्देशन



४ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।

उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन पनि दिए । निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘निर्माणाधीन संसद् भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ । राष्ट्रिय सभा अहिले पनि जारी छ । त्यसको हल छैन । राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन,’ उनले भने, ‘त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ । प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ । त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ ।’

निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  शिलान्यास गरेका थिए ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ ।

१५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन् ।





Read More