― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsश्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित

श्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित


राष्ट्रिय

समाचार.

  • नेपाली एमएमए फाइटर कोसिस राजभण्डारीले श्रीलंकामा केएफएल-कर्मा फाइट लिगमा भारतका सुर्यलाई टिकेओमा पराजित गरे ।
  • एमएमए र किकबक्सिङ खेलाडी युगिन शर्माले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् ।
  • कोसिस र युगिन दुवै रेज फाइट टिमका खेलाडी हुन् ।

१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् ।

केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइटकमा कोसिसले सुर्यलाई टिकेओमा हराए ।

कोसिको प्रतिद्वन्दी सुरुमा अर्कै फाइटर थिए तर उनी घाइते भएपछि उनको स्थानमा सुर्यले खेल्ने केही दिनअघि मात्र तय भएको थियो ।

अन्तिम समयमा पनि आएर फाइटमा सहभागि भएको भन्दै कोसिसले सुर्यलाई धन्यवाद दिए । कोसिसले जितपछि दोस्रो पटक पनि आफूलाई फाइटको अवसर दिएको भन्दै धन्यवाद दिए र आफूले यस पटक नकआउट गर्ने वाचा पूरा गरेको बताए । कोसिसले १ लाख श्रीलंकन रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कोसिस एमएमए र किकबक्सिङ प्लेअर हुन् ।

यस्तै एमएमए र किकबक्सिङ खेलाडी युगिनले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् । हाइट एडभान्टेज पाएकी युगिनले पनि साइनीलाई नकआउट गरिन् ।

सुरुमा युगिनले पाकिस्तनकी बुस्रा अख्तरसँग खेल्ने तय थियो तर बुस्रा घाइते भएपछि उनको स्थानमा साइनीले खेलेकी हुन् ।

दुवै जना रेज फाइट टिमका खेलाडी हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More