― Advertisement ―

Amazon ले चुपचाप आफ्नो सबैभन्दा लोकप्रिय प्राइम डे डिलहरू जारी गरेको छ – फायर टिभी, ब्लिंक क्यामेरा, किन्डल, रिङ डोरबेल, इको स्पिकर र थपमा...

जबकि Amazon को वार्षिक प्राइम डे सेल प्राविधिक रूपमा यो मंगलबारसम्म सुरु हुँदैन, खुद्रा विक्रेताले चुपचाप आफ्नो लोकप्रिय mart होम डिभाइसको आधिकारिक लाइनअपहरू जारी...
HomeLatest newsश्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुङ्गालाई पक्राउ गर्न अनुमति

श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुङ्गालाई पक्राउ गर्न अनुमति



१ पुस, कोलम्बो । विश्वकप विजेता क्रिकेट कप्तान एवं पूर्वमन्त्री अर्जुन रणतुङ्गालाई पक्राउ गरी अनुसनधान गर्न अदालतले अनुमति दिएको छ ।

पेट्रोलियम मन्त्री हुँदा भएको भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया नपुराइकन उच्च मूल्यमा खरिद गरेको आरोप छ ।

घूसखोरी वा भ्रष्टाचारको आरोप जाँच आयोगको अनुसन्धान रिपोर्टले भनेको छ,’उहाँको कार्यकालमा भएका कुल २७ खरिदबाट सन् २०१७ मा सम्झौता भएको ५० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् कुल ८० करोड भारतीय रूपैयाँ घाटा भएको थियो ।’

आयोगले कोलम्बोका मजिस्ट्रेट असाङ्ग बोडारागामालाई उद्धृत गरी भनेको छ, ‘रणतुङ्गा अहिले विदेशमा हुनुहुन्छ । उहाँलाई स्वदेश आउँदासाथ पक्राउ गर्न पूर्जी जारी गरिएको छ ।’

सोही मुद्दामा संलग्न पूर्व मन्त्रीका दाजु तथा सिलोन पेट्रोलियम कर्पोरेशनका तत्कालीन अध्यक्ष धम्मिका रणतुङ्गालाई सोमबार पक्राउ गरी जमानतमा रिहा गरिएको छ ।

म्याजिस्ट्रेटले श्रीलङ्का र संयुक्त राज्य अमेरिकाको दोहोरो नागरिक धम्मिकामाथि यात्रा प्रतिबन्ध लगाएको छ ।  अर्को सुनुवाई मार्च १३ मा हुनेछ ।

बायाँ हाते ब्याट्सम्यान ६२ वर्षीय रनतुङ्गाले सन् १९९६ मा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्काका लागि विश्वकप जिताएका थिए ।

रानातुङ्गा दाजुभाइविरुद्धको मुद्दा गत वर्ष स्थानीय भ्रष्टाचारसँग लड्ने प्रतिबद्धताका साथ सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले गरेको व्यापक अनुसन्धानको एक हिस्सा हो ।

रणतुङ्गाका अर्का भाइ तथा पूर्व पर्यटनमन्त्री प्रसन्ना गत महिना बीमा ठगी मुद्दामा पक्राउ परेका थिए । त्यो मुद्दा विचाराधीन छ, तर उनी पहिले सन् २०२२ जुनमा एक व्यापारीबाट पैसा असुलेको आरोपमा दोषी ठहरिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More