― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsशेखर पक्षको बैठक बत्तिसपुतलीमा जारी – KhabarHost

शेखर पक्षको बैठक बत्तिसपुतलीमा जारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट नेताहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएका छन्।
  • निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएपछि कोइरालाले समूहमा छलफल गर्न बैठक बोलाएका हुन्।
  • बैठकमा कोइराला, धनराज गुरुङ, जीवन परियार, सञ्जय गौतम, मोरङका डिगबहादुर लिम्बु, धादिङका रामनाथ अधिकारी लगायत नेताहरु सहभागी छन्।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताहरुको बैठक जारी रहेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएपछि आफ्नो समूहमा छलफल गर्न कोइरालाले नेताहरुको बैठक बोलाएका हुन् । बैठकमा नेताहरु कोइराला, धनराज गुरुङ, जीवन परियार, सञ्जय गौतम, दिनेश कोइराला, दिपक गिरी लगायत सहभागी छन् ।

साथै, जिल्ला सभापतिहरुमा मोरङका डिगबहादुर लिम्बु, धादिङका सभापति रामनाथ अधिकारी लगायत सहभागी छन् । नेता कृष्णप्रसाद सिटौला निकट कोशीका सभापति उद्धव थापा पनि बैठकमा सहभागी छन् ।

केही बेर अघिदेखि सुरु भएको बैठकमा नेताहरु बोल्ने क्रम जारी रहेको सहभागी एक नेताले जानकारी गराएका छन् ।





Read More