― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsशेखर कोइराला – KhabarHost

शेखर कोइराला – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
  • उनले सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता र कार्यकर्तासँग भेटघाटमा निर्वाचनका लागि पार्टीलाई तयार रहन निर्देशन दिएका छन्।
  • डा. कोइरालाले निर्वाचनलाई संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने माध्यम भनेका छन्।

४ पुस, बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गरे ।

‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, उनले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।’





Read More