― Advertisement ―

HomeLatest newsशेखर कोइराला – KhabarHost

शेखर कोइराला – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्।
  • कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै मध्यमार्गी बाटोबाट बिचलित नहुने बताए।
  • उनले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिएको बताएका छन्।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् । काठमाडौंमा आइतबार आफूपक्षीय नेताहरूको भेला राखेर उनले यस्तो बताएका हुन् ।

‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जित उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न,’ उनले भने ।

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए ।

छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशनबारे अन्यौलता रहेको र त्यसको सुनिश्चित हुनु पर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा पनि राखेका थिए ।

त्यस्तै नेताहरूले फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छ्न् ।

कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका थिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।

उनले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिएको बताएका थिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नु पर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको बताए ।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाइ अदालतको निर्णय मान्ने हुनेसमेत बताए । नेता तथा कार्यकर्तालाई निर्वाचन सँगै १५औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशनसमेत दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More