― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsशिक्षक महासंघलाई मन्त्री पुनको जवाफ– बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न

शिक्षक महासंघलाई मन्त्री पुनको जवाफ– बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि बजेट नछुट्टाएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले सो जानकारी गराएका हुन् ।

महासंघको टोलीले मंगलबार साँझ मन्त्री पुनलाई भेटेर गत वैशाखमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, सरुवा निर्देशिका खारेज हुनुपर्ने, स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको थियो ।

तीमध्ये बजेट नछुट्याएकाले कतिपय माग पूरा गर्न नसकिने अवस्था रहेको मन्त्री पुनले बताए ।

‘सरुवा निर्देशिकाबारे अदालतमा मुद्दा विचाराधीन छ अघि बढ्न सकिँदैन । ९ बुँदे सहमति गरेको रहेछ, तर बजेटमा छुट्टाएको रहेनछ । सम्झौता गरेर बजेट भाषणमा नछुट्याएपछि हुन्न,’ मन्त्री पुनले अनलाइनखबरसँग भने ।

गत वैशाखमा काठमाडौंमा आन्दोलन गरेपछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो ।

सरुवा निर्देशिका भने तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको पालामा २०८१ जेठमा जारी गरिएको थियो । निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले खारेजीको माग राखेर अदालतमा रिट दायर गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More