― Advertisement ―

ओपनएआईले भन्यो कि माइक्रोसफ्टले ग्राहक आधार निर्माण गर्न हाम्रो क्षमता सीमित गरेको छ, नयाँ अमेजन सम्बन्धको प्रशंसा गर्दछ

यो माइक्रोसफ्टले आफ्नो वृद्धिलाई सहयोग गर्ने समयलाई खुला गर्छ, तर अब यसको विकासलाई सहयोग गर्छ भन्छ। विस्तार गर्नुहोस्AWS सँगको नयाँ साझेदारीले थप उद्यम ग्राहकहरूलाई...
HomeLatest newsशिक्षक, पत्रकार हुँदै सभामुख – KhabarHost

शिक्षक, पत्रकार हुँदै सभामुख – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामआशिष यादव ७२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
  • रामआशिष यादव धनुषा-२ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् र जसपाका प्रमुख सचेतक हुन्।
  • शिक्षक, पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय यादवले महागंगा आरती सुरु गरी पर्यटकीय गन्तव्य विकास गरेका छन्।

६ पुस, जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव निर्वाचित भएका छन् । आइतबार (आज) बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख निर्वाचित भएका हुन् ।

मत विभाजन गर्दा उनको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ । प्रदेशसभा बैठकमा जम्मा ९६ सांसद उपस्थित थिए । सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए ।

प्रदेशसभामा बहुमत ५४ भन्दा बढी मत ल्याएका यादवलाई सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले निर्वाचित भएको घोषणा गरिन् ।

सुरुमै यादवको प्रस्ताव बहुमतले पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुख बनेका यादव धनुषा-२ (ख)बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । अब उनी मधेशको नीति निर्माण हुने प्रदेशसभाको सभामुख पदमा पुगेका छन् ।

शिक्षक र पत्रकारिताबाट राजनीतिक नेतृत्वसम्मको यात्रा तय गरेका यादवको जन्म २०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७, साविक कनकपट्टी गाविसमा भएको हो । उनी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन् । कृषक पेसामा संलग्न उनका बुबाका ९ छोरा र १ छोरी थिए ।

स्नातक तहसम्म अध्ययन गरेका रामआशिष यादव २०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत रहे ।

करिब अढाइ वर्ष शिक्षण पेसामा संलग्न रहेपछि उनी पत्रकारितातर्फ आकर्षित भए । २०५४ सालमा रेडियो नेपालका धनुषा संवाददाताका रूपमा काम सुरु गरे । २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएका यादव जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा शिक्षक बने ।

सँगसँगै उनले पत्रकारिता पनि अघि बढाए । गोरखापत्र राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन र जनकपुर टुडे जस्ता सञ्चारमाध्यममा संवाददाताको रूपमा काम गरे । उनी जनकपुरबाट प्रसारण हुने जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टीभीका संस्थापकसमेत हुन् । यद्यपि, पत्रकारितालाई निरन्तरता दिएपछि उनले शिक्षण राम्ररी नगरेको टिप्पणी हुने गरेको छ ।

शिक्षक र पत्रकार दुवै क्षेत्रमा सक्रिय यादव २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष निर्वाचित भए । अध्यक्षको कार्यकालको अन्त्यतिर उनले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरको सरसफाइ गर्ने अठोट लिए ।

सरसफाइ अभियानको नेतृत्व गरेर यादव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शैक्षिक संस्था, पत्रकार महासंघ, क्लब तथा नागरिक समाजसँगको सहकार्यमा प्रत्येक शनिबार महासरसफाइ अभियान अघि बढाए ।

प्रदूषित गंगासागर नियमित सरसफाइले स्वच्छ र सफा भयो । गंगासागरको पूर्ण सरसफाइ भएपछि यादवले पर्यटन प्रबर्द्धन गर्न संस्कृतिको रूपमा २०७१ सालमा महागंगा आरतीको सुरुवात गरे । जहाँ प्रत्येक साँझ अहिले पनि महागंगा आरती हुन्छ । यो जनकपुरधामको पर्यटकीय गन्तव्यसमेत बनेको छ ।

महागंगा आरतीको सुरुवातसँगै रामआशिष यादव वातावरण संरक्षण अभियानमा सक्रिय भए । यही अभियानमा क्रियाशील रहँदै उनी २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरे । धनुषा-२ (ख) बाट फोरमका तर्फबाट उम्मेदवार बनेका यादव विजयी भए ।

भद्र र शालिन स्वभावका यादव २०७९ सालमा सोही क्षेत्रबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेशसभामा उनले सामाजिक मुद्दाहरूलाई मिहिन र प्रभावकारी ढंगले उठाउँदै आएका छन् भने नियमित रूपमा बैठकमा सहभागी हुने सांसदका रूपमा चिनिन्छन् । यही सक्रियता र भूमिकाका कारण उनी दुई पटक प्रदेशसभाबाट उत्कृष्ट सांसदको सम्मान प्राप्त गर्न सफल भए ।

२०७९ को निर्वाचनपछि यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता पदका उम्मेदवार बनेका थिए । यद्यपि, पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई व्याक गरे । तत्कालीन निवर्तमान सभामुख सरोजकुमार यादव संसदीय दलको नेता बने । उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइयो ।

दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित यादवले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएका छन् । वातावरण संरक्षण र सामाजिक क्षेत्रमा पुर्‍याएको सकारात्मक योगदानका कारण उनले विभिन्न सम्मानबाट पनि सम्मानित छन् ।

वातावरण संरक्षण सम्मान, नेपाल स्रष्टा सम्मान तथा भारतको दरभंगाबाट प्रदान गरिएको मिथिला विभूति सम्मानलगायत विभिन्न पुरस्कार तथा सम्मान उनले प्राप्त गरेका छन् ।

उदाहरणीय कामको प्रशंसासाँगै केही आलोचनासमेत उनले खेप्नु परेको छ । साथै उनीमाथि जनकपुरमा राजनधानी मै आफ्नो घरमा बसे पनि प्रदेशसभाबाट घर भाडा बुझ्ने गरेको भन्दै नैतिक प्रश्नसमेत उठ्ने गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More