― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsशार्कहरूमाझ सामसङ नेपालको ‘ग्यालेक्सी जेड फोल्ड ७’ प्रस्तुत

शार्कहरूमाझ सामसङ नेपालको ‘ग्यालेक्सी जेड फोल्ड ७’ प्रस्तुत


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूमाझ नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ प्रस्तुत गरेको छ।
  • कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई प्रस्ट पारेको छ।
  • सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले कम्पनी नयाँ सम्भावना खोज्न सशक्त रहेको बताए।

१० कात्तिक, काठमाडौं । सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूमाझ नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ प्रस्तुत गरेको छ । कम्पनीले नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गर्दै नयाँ डिभाइस शार्कहरूलाई प्रस्तुत गरेको हो।

यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको शक्तिशाली सहकार्यलाई प्रस्ट पारेको छ । प्रविधि, मिडिया र उद्यमशीलतालाई एकताबद्ध गरी व्यापार क्षेत्रमा नवीनता अगाडि बढाउँदै लैजाने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।

व्यावसायिक अन्तर्दृष्टिका लागि परिचित शार्कहरूले सामसङको अर्को पुस्ताको फोल्डेबल डिभाइसको डिजाइन, कार्यसम्पादन र एआई सञ्चालित सुविधाहरूको अनुभव गरे । सो अवसरमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले कम्पनी नयाँ सम्भावना खोज्न सशक्त रहेको, जुन शार्क ट्याङ्क नेपालको आत्मासँग गहिरो रूपमा मेल खाने बताए ।

ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमता प्रदान गर्दछ । यसमा फोल्डेबल प्रविधिलाई झन् आकर्षक बनाइएको छ।





Read More