― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsशंकर पोखरेल – KhabarHost

शंकर पोखरेल – KhabarHost


फाइल तस्वीर



१३ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् ।

उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए ।

‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ,’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ । अघि बढौं– सम्भव छ ।’

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते हुँदैछ ।

महाधिवेशनका लागि आज एकैदिन देशभरि प्रतिनिधि चयन हुँदैछन् । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।





Read More