― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsशंकर पोखरेलसँग कांग्रेसबाट आलोपालो भिड्दै तीन दाजुभाइ

शंकर पोखरेलसँग कांग्रेसबाट आलोपालो भिड्दै तीन दाजुभाइ



६ माघ, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावी क्षेत्र दाङ–२, मा यसपटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

गत चुनावमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी नेता रेखा शर्मासँग पराजित भएका थिए । त्यो चुनावमा शर्मालाई कांग्रेसको समर्थन थियो ।

तर यसपटक दलहरूले अलग–अलग उम्मेदवारी दिएका छन् । एमालेबाट महासचिव पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, रास्वपाबाट सहमहामन्त्री विपिन आचार्य उम्मेदवार छन् ।

कांग्रेसले किरणकिशोर घिमिरेलाई टिकट दिएको छ । सरल स्वभावका पुराना नेता घिमिरे पहिलोपटक चुनाव लड्दैछन् ।

तर घिमिरे उम्मेदवार बन्दा उनको परिवारबाट शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने तेस्रो व्यक्ति बनेका छन् । २०५६ सालमा शंकरसँग किरणकिशोरका जेठो दाजु कृष्णकिशोर कांग्रेसबाट उम्मेदवार थिए ।

कृष्णकिशोरले शंकरलाई ठूलै मतान्तरले हराएका थिए । १९ हजार ७२ मत ल्याएर कृष्णकिशोरले चुनाव जित्दा शंकरले ११ हजार ६४७ मत पाएका थिए ।

२०६४ सालमा शंकरले प्रत्यक्ष तर्फ चुनाव लडेनन्, समानुपातिकमा बसे । त्यो चुनावमा एमालेबाट छबिलाल वली र कांग्रेसबाट अनिता देवकाटा उम्मेदवार थिए । तर चुनाव माओवादीका कृष्णबहादुर महराले जिते ।

२०७४ सालमा शंकर पोखरेल प्रदेश सभामा उठे । माओवादीको समर्थनमा शंकरले दाङ–२ (१) बाट पोखरेलले जित्दा कांग्रेससँग कमलकिशोर घिमिरे पराजित भएका थिए ।

पोखरेलले २० हजार ७२३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कमलकिशोरले ११ हजार १७२ मत पाएका थिए । उनी हालका कांग्रेस उम्मेदवार किरणकिशोरका साइलो दाजु हुन् ।

अर्थात् एउटै बा–आमाका तीन दाजुभाइले एमालेका पोखरेलसँग आलोपालो चुनाव लडिसकेका छन् । घिमिरे दाजुभाइका माइला मात्र चुनाव लड्न बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More