― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
HomeLatest newsव्यावसायिक फूलखेतीबाट वर्षको ८ लाख कमाउँदै धनगढीकी सुशीला

व्यावसायिक फूलखेतीबाट वर्षको ८ लाख कमाउँदै धनगढीकी सुशीला


राष्ट्रिय

समाचार.

  • कैलालीको धनगढी उपमहानगरपालिका–६ की सुशीला विष्टले दुई वर्षदेखि व्यावसायिक फूलखेतीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएकी छन्।
  • उनले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्दै आठ जनालाई दैनिक ज्याला दिँदै स्वरोजगार बनाएकी छन्।
  • धनगढी उपमहानगरपालिकाले तालिम र अनुदान दिएको भए पनि फूलखेतीका लागि बीउ, मलखाद र बीमा पोलिसीको अभाव छ।

३० कात्तिक,कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् ।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताइन्।

उनको आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उनले भनाइ छ ।

उनले भनिन्, ‘मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो रु एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।’ उनले भनिन्, ‘चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।’

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उहाँले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन्।

उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन् । उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन् ।

फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन् । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन् ।





Read More