― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsवैदेशिक रोजगार व्यवसायीले बुझाए श्रमसचिवलाई ज्ञापनपत्र

वैदेशिक रोजगार व्यवसायीले बुझाए श्रमसचिवलाई ज्ञापनपत्र


राष्ट्रिय

समाचार.

  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्न श्रम मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
  • यूएईले भिसा प्रक्रियामा श्रमिकमाथि १४ हजार २ सय रूपैयाँ अतिरिक्त शुल्क लगाएको भन्दै संघले हटाउन माग गरेको छ।
  • यूरोपेली देशमा मागपत्र प्रमाणीकरण नहुँदा कामदार संस्थागत पठाउन नसकेको संघले जनाएको छ।

२१ पुस, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्न माग गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै वैदेशिक रोजगार व्यवसाय, व्यवसायी र कामदारको समस्या सामाधान गर्न माग गरेको हो ।

अध्यक्ष भुवनसिंह गुरूङसहितको टोलीले सचिव काफ्लेलाई भेट गरेर यो क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गरेको हो ।

यूएईले भिसा प्रक्रियामा श्रमिकमाथि आर्थिक भार थोपारेको भन्दै उक्त समस्या समाधान गर्न माग गरेको छ ।

जेनजी आन्दोलनपछि यूएईले श्रमिकहरूको प्रहरी रिपोर्ट प्रमाणीकरणको नाममा १४ हजार २ सय रूपैयाँ अतिरिक्त शुल्क लिँदै आएको छ । संघले उक्त अतिरिक्त शुल्क हटाउन माग गरेको छ । उक्त अतिरिक्त शुल्कका कारण एक वर्षमा साढे २ अर्बभन्दा बढी नेपाली रूपैयाँ विदेशीने देखिएको छ ।

गत आर्थिक वर्षमा १ लाख ७७ हजार श्रमिक यूएई गएका थिए । त्यही अनुपातमा हेर्दा यो आर्थिक वर्षमा २ अर्ब ५१ करोड ३४ लाख रूपैयाँ विदेशीने छ । संघले उक्त अतिरिक्त शुल्क हटाएर श्रमिकमाथिको थप आर्थिक भार कम गर्न पहल गर्न अनुरोध गरेको छ ।

यूएई सरकार वा सम्बन्धित निकायसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी परराष्ट्र मन्त्रालयबाट हुने प्रमाणीकरणलाई नै पूर्णरूपमा स्वीकार गराउन अनुरोध गरेको छ ।

त्यस्तै, यूरोप लगायतका विभिन्न देशको मागपत्र प्रमाणीकरण खुला गर्न समेत अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गरी कामदार पठाउनुपर्ने व्यवस्था गरेको छ । तर, यूरोपेली देशहरूमा हाल मागपत्र प्रमाणीकरण हुन सकेको छैन ।

युरोपका विभिन्न देशहरूबाट कामदारको मागपत्र प्राप्त भएको तर मागपत्र प्रमाणीकरण गरिदिने देशमा नेपाली दूतावास नभएको कारण मागपत्र प्रमाणीकरण गर्न नपाई कामदार संस्थागत पठाउन नसकेको संघले जनाएको छ ।

दूतावास भएका देशहरू जर्मनी र अष्ट्रियाले समेत २ वर्षदेखि मागपत्र प्रमाणीकरण गर्न बन्द गरिदिएको छ ।





Read More