― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsवैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रममन्त्रीलाई बुझायाे ध्यानाकर्षणपत्र

वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रममन्त्रीलाई बुझायाे ध्यानाकर्षणपत्र


राष्ट्रिय

समाचार.

  • वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मन्त्रीले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीलाई समसामयिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन्।
  • मञ्चले जापान रोजगारका लागि जिट्काे खारेजी, युरोपेली देशको मागपत्र प्रमाणीकरण, सेवा शुल्क परिमार्जन लगायत विषयमा समस्या समाधान आग्रह गरेको छ।
  • मन्त्री भण्डारीले सबै सरोकारवालासँग सुझाव सल्लाहका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

१ पुस, काठमाडौं । वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मन्त्रीले नवनियुक्त श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्रीकाे ध्यानाकर्षण गराएकाे छ ।

हालै श्रममन्त्रीमा नियुक्त भएका पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीलाई भेटेर मञ्चले समसामयिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएकाे हाे ।

मञ्चका अध्यक्ष धनलाल जैशी लगायतका पदाधिकारीहरूले वैदेशिक राेजगार क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि ध्यानाकर्षण गराएकाे छ ।

मञ्चले जापान राेजगारीमा जाने श्रमिकका लागि खडा गरिएकाे जिट्काे खारेजी, युरोपेली देशकाे मागपत्र प्रमाणीकरण, सेवा शुल्क परिमार्जन, यूएई भिसामा प्रहरी रिपोर्ट अनिवार्य, मेडिकल तथा स्वास्थ परीक्षण शुल्क बृद्धि लगायतका विषयमा ध्यानाकर्षण सहित समस्या समाधानका लागि आग्रह गरेकाे हाे ।

ध्यानाकर्षणपत्र बुझ्ने क्रममा मन्त्री भण्डारीले सबै सराेकारवालासँगकाे सुझाव सल्लाहका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।





Read More