― Advertisement ―

आईफोन एयर हाम्रो 2025 को सबैभन्दा ध्रुवीकरण फोन थियो, तर यो 28% छुटले यसलाई सजिलो सिफारिस बनाउँछ

सेप्टेम्बरमा पातलो र हल्का आईफोन एयर लन्च भएको धेरै समय नबित्दै, हामीले यसलाई ताज लगाएका थियौं <a data-analytics-id="inline-link" href="https://www.techradar.com/the-year-phones/iphones data-url="https://www.techradar.com/phones/iphone/iphone-air-phone-of-the-year" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/iphone/iphone-ofthe...
HomeLatest newsवीरगञ्ज नाका हुँदै ३ महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

वीरगञ्ज नाका हुँदै ३ महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए



१७ कात्तिक, वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए ।

जबकी गत आवको तीन महिनामा भने रु छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यानको आयात भएको छ ।

ती सवारीसाधनको आयातबाट रु एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More