― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsविस्तारित बैठकमा तोसिमाको लिखित सुझाव– महाधिवेशन मंसिरमै हुनुपर्छ

विस्तारित बैठकमा तोसिमाको लिखित सुझाव– महाधिवेशन मंसिरमै हुनुपर्छ



२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्नुपर्ने लिखित सुझाव पार्टीमा राखेकी छिन् । हिजो र आज चलेको पार्टीको विस्तारित बैठकमा आफ्नो तर्फबाट लिखित सुझाव पेश गर्दै उनले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ रुपमा अर्थ लगाएकी हुन् ।

पार्टी पुनर्गठनको एजेन्डा उठाउँदै आएकी उनले शुक्रबार नै आफ्ना कुरा बैठकमा राख्न खोजेकी थिइन् ।

यद्यपि उनलाई समयको कारण देखाउँदै रोकिएको थियो ।

आजको बैठकमा आफ्नो प्रस्ताव राख्दै कार्कीले भनेकी छिन्, ‘महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ ।’

महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ ऊर्जा थप्ने उनको बुझाइ छ ।

तर, आजमात्रै विस्तारित बैठकले निर्वाचनपछि ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय लिनका लागि केन्द्रीय समितिलाई तालिका ल्याउन आग्रहसति निर्णय गरेको छ ।

साथै, उनले पार्टीमा सचिवालय विस्तार भएकोप्रति पनि आपत्ति जनाएकी छिन् ।

‘महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाइ छ,’ उनले भनेकी छिन् ।

महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने उनको सुझाव छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More