― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsविश्वविद्यालय खेलकुद माघ २२ देखि – KhabarHost

विश्वविद्यालय खेलकुद माघ २२ देखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं विश्वविद्यालयले माघ २२ गते तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न सम्झौता पत्र आदान–प्रदान गरेका छन् ।
  • प्रतियोगितामा टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स र भलिबल गरी ५ खेलमा २ सय ७९ खेलाडी सहभागी हुनेछन् ।
  • प्रतियोगिताका खेलहरु दुई दिनसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा सञ्चालन गरिनेछ ।

१६ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसीले एक कार्यक्रमबीच सम्झौता पत्र आदान–प्रदान गरे ।

प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुनेछ । टेबलटेनिसमा ४, ब्याडमिन्टनमा ४, बास्केटबलमा २, एथलेटिक्समा ६ र भलिबलमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । भलिबलमा छात्रको मात्र खेल हुनेछ ।

शर्माका अनुसार प्रतियोगतामा २ सय ७९ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।





Read More