१ माघ, काठमाडौं । विशेष महाधिवेशनको हलबाट नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।
उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताउँदै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने बताए ।
‘विमतिको बिचबाट तर विधिको माध्यमबाट हामी यो मध्यरातपछि नयाँ नेतृत्व चुनिरहेका छौं,’ शर्माले भने, ‘देश संविधानले चल्छ, देशले संविधानको बाटो छाड्यो भने बेथितिमा पुग्छ । पार्टीले विधानको बाटो छाड्यो भने पार्टी पनि अप्ठेरोमा पर्छ ।’
उनले यो अधिवेशन विधिबाटै टुंगिने पनि बताए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

